बूढानीलकण्ठ नगरपालिकामा श्रम डेस्क संचालन गर्नका लागि “श्रम डेस्क संचालन कार्यविधि, २०७८” पेश गरिएकाे छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (CUPPEC, Nepal) ले GEFONT संगकाे संयुक्त निवेदन सहितकाे कार्यविधी नगरप्रमुख समक्ष प्रस्तुत गरेका हुन् ।
नेपाली श्रम बजारलाई मर्यादित र पूर्ण बनाउनका निमार्ण तथा औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था, सङ्ख्या, सेवा सुविधा आदिको व्यवस्थित विवरण संकलन गरी अभिलेखिकरण गर्न; सामाजिक संवाद गर्ने संयन्त्रकाे रूपमा श्रम सम्बन्धी समस्याकाे समाधान गर्न; स्थानीय तहमा दर्ता, अभिलेखिकरण गरिएकाे श्रमिकलाइ याेगदानमा आधारित सामाजिक सुरक्षाकाे काेषमा सुचिकृत गराउनमा सहजीकरण गर्न; र स्थानीय तहमा श्रम अडिट र निरीक्षण गर्नका लागि श्रम डेस्ककाे स्थापना कार्यविधि प्रस्तुत गरिएकाे छ ।
बूढानीलकण्ठ भित्र रहेका निमार्ण तथा अन्य अनौपचारीक क्षेत्रका श्रमिकहरूकाे व्यावस्थापन गर्नको लागी श्रम डेस्क निकै आवश्यक भएको क्यूपेक नेपाल-बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष श्री रूद्र बहादुर श्रेष्ठले बताएका छन । यहि आश्विन ५ गते सम्म देश भरी सबै स्थानीय तहहरूमा श्रम डेस्क संचालन कार्यविधि, २०७८ पेश गर्ने याेजना रहेकाे छ ।