भाद्र ३०, २०७८

बूढानीलकण्ठ, काठमाडौं । 

“मेराे गणना मेराे सहभागिता” नाराका साथ १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरण आजबाट सुरू भएकाे छ । यस अन्तर्गत घर तथा घरपरिवार सूचीकरण गरिने छ । यौनिक तथा लैंगिक अल्पसंख्यिक व्यक्तिहरू समेट्ने याे पहिलाे जनगणना समेत रहेकाे छ । 

सूचीकरण कार्य असाेज १५ गते सम्म संचालन गरिने छ । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य, महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

बूढानीलकण्ठमा २०७८ साल वैशाख २ गते स्थानीय जनगणना कार्यालयकाे उट्घाटन गरिएकाे थियाे । राष्ट्रिय जनगणनाकाे आवधिक अभियान सबैलाइ महत्वपूर्ण भएकाे बताउदै नगरप्रमुखले सुचिकरणका लागि आउने सुपरिवेक्षकहरुलाई भए बमोजिम सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेका छन । 

वि.स. १९६८ मा पहिलाे पटक नेपालमा जनगणना भएको थियाे । १०/१० वर्षकाे अन्तरालमा हुने गरेकाे जनगणना हालसम्म  ११ पटक सम्पन्न भइसकेकाे छ । निर्वाचन क्षेत्र निर्धारण गर्न, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, केन्द्र देखि स्थानीय स्तरकाे याेजना तर्जुमा गर्न, विभिन्न राष्ट्रिय लक्ष्यकाे सुचकाे मापन गर्न र अन्य थुप्रै राजनितिक, आर्थिक तथा सामाजिक कार्यहरूमा पनि राष्ट्रिय जनगणनाले विशेष साह्यता गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय