राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा नगरप्रमुख उद्धव खरेलले नगरभित्र बसाेबास गर्ने १८ बर्ष या कम उमेरका सम्पूर्ण बालबालिकाहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन।
।
बालबालिकाहरूलाइ भविष्यका जिम्मेवार नागरिक बनाउनका लागि उचित पालन पाेषण, शिक्षा, दिक्षा तथा नेत्रित्व विकासकाे अवसर सुनिश्चित गर्न निकै महत्वपूर्ण हुन्छ ।
‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै गरिएकाे अवस्थामा बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न नगरपालिका, अभिभावक, विद्यालय, बालबालिका लागि काम गर्ने संघसंस्था र समग्र समाजको जिम्मेवारी भएकाे बताउदै नगरप्रमुखले बालबालिकाहरूकाे हकहितका लागिआ-आफ्नाे तहबाट सहयाेग गर्नुहुन सम्पूर्णमा आग्रह गरेका छन ।