बूढानीलकण्ठ, भदौ २५ गते । बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले आफ्नो सक्रियतालाई निरन्तरता दिदैँ आईरहेको छ । शाखाले नगरपालिकाका कृषि क्षेत्रको विकास र कृषकहरुलाई प्रोत्साहन गर्न विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दैँ आएको छ ।
युवा उद्यमिलाई आर्थिक सहयोग, महिलाहरुलाई कृषि तालिम, कौषि खेति प्रोत्साहनकालाई अनुदान\तालिम, कृषि फर्मको पुर्वाधार व्यवस्थापनको लागि मिनि टिलर, ट्राक्टर, प्लास्टिक, विउ, जैविक मल जस्ता आव्श्यक सामाग्रि वितरण, विपदका कारण क्षेति भएका कृषि फर्महरुको उद्दार लगायतका प्रभावकारी कार्यक्रमहरुबाट नगरपालिकाका कृषकहरु सन्तुष्ट रहेको पाईएको छ ।
शाखाले यस्तै किसिमका योजना र कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा संघ सरकारको सहयोगमा पकेट (तरकारी) विकास कार्यक्रम आयोजना गर्न लागेको हुँदा कार्यक्रम सञ्चालनको लागि ईच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिहरुलाई आवश्यक कागजात सहित असोज ६ गते सम्म आवेदन पेश गर्नुहुन शाखाले आव्हान गरेको छ ।
आ.व. ०७८ / ०७९ को शसर्त तर्फको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आयोजना हुन लागेको पकेट कार्यक्रमबाट नगरपालिकामा परेका आवेदन अनुसार ३ वटा कृषि उपभोक्ता समुह छनौट हुने छन् ।
कृषि विकास शाखा प्रमुख लक्ष्मि धर्तिका अनुसार कार्यक्रम सञ्चालनको लागि कृषक समूह\ कृषि सहकारी\ कृषि फर्म\जल उपभोक्ता समितिहरुले कम्तिमा २० रोपनि (७ हेक्टर) क्षेत्रफलमा प्लाष्टिक टनेल भित्र तरकारीका बालि लगाएको हुन पर्ने छ ।
नयाँ पकेटको हकमा पहिलो प्राथमिकता कृषक समूह र कृषि सहकारीलाई दिईने छ र व्यक्तिगत फर्मको हकमा तोकीएको क्षेत्रफल नपुगेमा नजिकैको दर्ता भएका अन्य फर्महरुसँग संयुक्त आवेदन दिन सकिने छ ।
कुल लागत १८ लाखमा सञ्चालन हुने यस कार्यक्रमको लागी छनौट भएका उपभोक्ताहरुलाई नगरपालिकाले ५० प्रतिशत अनुदान (९ लाख ) दिने अवधारणा छ ।
निवेदनका साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरु :
१. कृषि समूह / सहकारी संस्था कृषि फर्म दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि
२. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
३. जग्गाको लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडामा भएमा कम्तीमा ५ वर्षको सम्झौतानामाको प्रतिलिपि ।
४. निवेदकको नागरिताको प्रतिलिपि ।
५. कृषक समूह र सहकारीको हकमा निर्णयको प्रतिलिपि ।
६. पकेटको लागि क्षेत्रफल / संख्याको न्यूनतम आधारः साना व्यवसायिक उत्पादन कृषि केन्द्र (पकेट) विकास ।