दक्ष जनशक्ति उत्पादन गरि गरिबी निवारण गर्नका लागि बूढानीलकण्ठ नगरपालिका अग्रसर रहेकाे छ । यसका लागि नगरपालिकाले विभिन्न समयावधीमा सिपमुलक कार्यक्रमहरू संचालन गर्दै आएकाे छ । २०७८ साल भदाै २३ गतेका दिन बूनपा वडा नं. ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ४५ दिने एडभान्स सिलाइ कटाइ तालिम सुरू भएकाे छ ।
“सीप सिकाै, सीपकाे सदुपयाेग गरी उद्यमी बनाै” नारका साथ उपप्रमुख रमा देवी राइद्वारा कपडा सिएर यस तालिम उट्घाटन गरिएकाे छ । तालिममा मेडपाकाे पहिलाे र दाेस्राे चरणमा सहभागी हुनुभएका मध्य यस तालिमका लागि १४ जना महिलाहरू छनाैट भएका छन । यस तालिममा महिलाहरूले टाेपी, भाेटाे, दाउरा सुरूवाल, पेटिकाेट, बाउले भाेटाे, कुर्ता सुरूवाल, चाैबन्दि चाेलाे लगायतका १३ वटा डिजाइन सिक्ने छन ।
यस तालिमका लागि नगरपालिकाले रू. ३ लाख १५ हजारकाे लागत छुट्टाएकाे छ । सीप सिकाउनका लागि ७ वटा कपडा सिलाउने मेसिन, १ वटा इन्टरलक मेसिन, २ वटा आइरन, १३ प्रकारका कपडाहरू लगायतका सिकाइका लागि आवश्यक सरसामान खरिद गरिएकाे छ । उपलब्ध मेसिनहरू तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीहरूलाइ कुल रकमकाे ८० प्रतिशत छुटमा बिक्री गरिने छ ।
उद्घाटन समारेहका अध्यक्ष तथा बूनपा. ११ का वडा सदस्य विमल लामाले तालिमकाे सदुपयाेग गरी उद्यमी बन्न निकै जरूरी रहेकाे हुँदा आर्थि
क अथवा व्यवसायीक रूपमा साहयता चाहिएमा वडा कार्यालय बाट सक्दाे सहयाेग गर्ने प्रतिवद्दता जनाएका छन ।