बूढानीलकण्ठ, भाद्र २३ ।  बूढानीलकण्ठ नगरपालिकामा कार्यरत प्रसाशकिय अधिकृत जयराम गजुरेललाई बिदाई गरिएको छ ।

बुधबार एक औपचारीक कार्यक्रम मार्फत नगर प्रमुख उद्धव खरेल, उप प्रमुख रमा देवि राई , विभिन्न वडाका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत नगरपालिका विभिन्न शाखा\महाशाखा कर्मचारीहरुले निवर्तमान प्रशासकिय अधिकृत गजुरेललाई खादा र मायाको चिनोका साथ बिदाई गरिएको हो ।

करिव १४ महिना बूढानीलकण्ठ नगरपालिकामा कार्यरत जयराम गजुरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनु भएको छ ।

गजुरेलको कार्यकालमा नगरपालिका शाखा\महाशाखा कर्मचारी देखि स्थानीय लगायत सेवाग्राहि सबै लाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण प्रकाश पार्नु भएको थियो ।

बिदाई कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले गजुरेलको कार्य क्षमता र अद्वितीय कार्य सम्पादनको कदर गर्दै आगामी कार्यकाल सुखद् रहोस भन्ने कामना सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो।

प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किले गजुरेलको कार्य शैलि र प्रशासकिय अधिकृतको हैसियतले उहाँले सम्हालनु भएको जिम्मेवारी र शिघ्र कार्य सम्पादनको खुलेर तारिफ गर्दै आफ्नो युवा जोस र क्षमताको उचित उपयोग गर्नुहुन सुझाव दिनु भएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो कार्य अवधिभर सहकार्य गर्नु भएका सबै नगरपालिका जनप्रतिनिधि, कर्मचारि लगायत यहाँका स्थानीयहरुप्रति भावुक हुदैँ धन्यवाद दिनु भएको थियो ।  आफ्नो कार्यकालमा मात्रै नगरपालिकामा ३० जना भन्दा बढि कर्मचारीहरु नियुक्तिहुनु भएको र उहाँहरु सँग कार्य सम्पादनमा एकदमै सन्दुष्टि पाउनुभएको जानकारी समेत दिनु भयो । गजुरेलको काम प्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको आम नगरपालिकाको बुझाँई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय