बूढानीलकण्ठ, भाद्र २३ । बूढनीलकण्ठ नगरपालिकाले प्रविधिक अकुपञ्चर प्रमाणपत्र तहको कोर्ष अध्ययनका लागि छात्रबृत्तिको अवसर प्रदान गर्न लागेको छ ।
ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र गोकर्णेश्वरद्वारा प्राविधिक अकुपञ्चर विषयमा SEE पश्चात् CTEVT बाट संचालन ३ वर्षे अकुपञ्चर प्रमाणपत्र तहको कोर्ष संचालन गरिरहेकाले यस नगरपालिकाका स्थायी बासिन्दा मध्येबाट २ जना छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक स्थायी नगरबासीका छोराछोरीलाई नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गरिन लागिएको हो ।
यस अन्तर्गत प्रति विद्यार्थी ३ वर्षको ३,७५,०००/- का दरले २ जनाको लागि ७ लाख ५० हजार ३ वर्षको शुल्क नगरपालिकाले व्यहोर्ने शिक्षा युवा तथा खेलकुद महाशाखा जगन्नाथ उपाध्यायले जानकारी दिनु भएको छ ।
छात्रवृत्तिमा छनोट हुनका लागि आवश्यक न्यूनतम योग्यता SEE मा कम्तीमा C ग्रेड वा ५० प्रतिशत अंक प्राप्त गरेका ईच्छुक विद्यार्थिहरुलाई भाद्र २४ गते भित्र शिक्षा युवा तथा खेलकुद महाशाखामा निवेदन दिनुहुन महाशाखाले अनुरोध गरेको छ ।