बूढानीलकण्ठ नगरपालिकाको मुल नारा “स्वच्छ, शान्त , समृद्धः पर्यटकीय नगर बूढानीलकण्ठ” को उद्देश्य हाँसिल गर्नका लागी सोहि अनुसार श्रोत साधन, योजना र कार्यक्रमहरु तय गरिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८\०७९ को लागि आठौँ नगरसभाको बैठकबाट नगर विकासको नीति तथा कार्यक्रमहरु निर्माण भई हाल कार्यन्वयनको अवस्थामा पनि पुगिसकेको छ ।

स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम र चुनौतिपुर्ण नगरसभा बैठकबाट नगरपालिकाको प्राथमिकताका योजनाहरु निर्माण गरी कार्यन्वयन गराउने निर्णय भएको छ ।

प्राथमिकतामा परेका योजनाहरुमा पूर्वाधार, स्वास्थ्य, खानेपानि, वातावरण, पर्यटन, खेलकुद लगायतका विभिन्न क्षेत्रहरु समेटिएका छन् । आ.व २०७८\०७९ को लागि विषयगत क्षेत्रहरुको हकमा ३५ करोड, ५ लाख ४३ हजार ५ सय रकम मध्ये पूर्वाधार विकासमा ४० प्रतिशत, खानेपानीमा १५ प्रतिशत, वन, वातावरण, फोहोरमैला तथा बिपद व्यवस्थापनमा १० प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत आर्थिक विकासमा १० प्रतिशत र शुसासन तथा संस्थागत विकासमा ५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

पुर्ण पाठ हर्नुहोस्…

बूढानीलकण्ठका प्राथमिकता प्राप्त योजनाहरु:

१. सबै वडामा ८ मिटर चौडा पक्कि सडक जोड्ने ।

२. कपन १०, ११, १२ र बडा ८ मा मेलम्ची खानेपानी योजना अन्तर्गतको वितरण लाईन पुरा गर्ने ।

३. बड़ा नं ६.२७ को खानेपानी वितरण योजना सम्पन्न गराउने ।

४. वडा न. ८ सुन्दरबस्ती खानेपानी योजना पुरा गर्ने ।

५. कपन ह्याण्डबल बहुउद्देश्यीय खेल पूर्वाधार सम्पन्न गर्ने ।

६. बीखोला करिडोर भद्रकाली मन्दिर सम्म पुरा गरी त्यस माथि कार्यक्रम थप गर्ने । दुवै किनारामा हरीयाली सौन्दर्यकरण नगरबाट गर्ने ।

७. प्रत्येक वडामा दुईवटा कम्तीमा हरीयाली पार्क सहितको खुल्ला क्षेत्र बनाउने ।

८. तीस हजार घरधुरीमा एक घर एक धाराको अभियान पुरा गर्ने । हाल सम्म करिब १७ हजार भएको तथ्यांक छ ।

९. नगरपालिकाको मुख्य भवन परिसर सहित १३ वडा कार्यालय निर्माण गर्ने ।

१०. नगर अस्पताल भवन तयार गरी १५ बेड सहित सुविधा सम्पन्न उपचार प्रणाली सुरु गर्ने ।

११. विभिन्न ठाउँको उत्पादन, खरिदविक्रि गर्न सक्ने सुविधा सम्पन्न चोक खुद्रा तरकारी बिक्रि स्थल निर्माण गरी सञ्चालन गर्ने । (१३ करोडमा ठेक्का भैसकेको)

१२. बूढानीलकण्ठ मन्दिरको गुरुयोजना अनुसार स्थानीय समुदायहरुको सहमतीमा स्वीकृत गरी कार्यान्वयन गर्ने ।

१३. बूढानीलकण्ठ बसपार्कको जग्गा तय भई डि.पि.आर तयार भईसकेको, केही बाँकी कार्य पुरा गरी निर्माण सम्पन्न गर्ने ।

१४. बूढानीलकण्ठ नगरपालिकाको दृश्य देखिने अग्लो गाउँमा बूढानीलकण्ठ संग्रहालय र सृजनाग्राम निर्माण गर्ने ।

१५. भद्रकाली मन्दिर क्षेत्र, बंगलामुखी, सिद्धेश्वर, दुर्गामन्दिर, बालकुमारी, महाँकाल, जगडोल पार्कलाई आकर्षक सम्पदाको रुपमा विकास गर्ने ।

१६. बूढानीलकण्ठ चक्रपथको सर्किटको बाँकी अंश पुरा गरी यातायात सेवा सञ्चालन गर्ने ।

१७. आठ मिटर माथिका सबै सडकमा सडकबत्ती यसै आ व मा पुरा गर्ने ।

१८. डाँडागाउँ देखि चिसिनी, मुहानपोखरी, तौलुङ्ग, नारायणडांडा, जगडोल, कपन गुम्बा सम्म ७ कि.मि साईकल तथा पर्यटक पदमार्ग पुरा गरी पर्यटन प्रवर्द्धन गर्ने ।

१९. चुनीखेलको पूर्वी खाली क्षेत्र र विष्णुमती कोरिडोर सहित एकिकृत जग्गा विकास कार्यक्रम मार्फत व्यवस्थित सुन्दर नमुना शहर बनाउने ।

२० आनीगुम्बा बाट शिव मन्दिर देखि मिलनचोक साततले धोबीखोला सम्मको कल्भर्ट सड़क निर्माण गरी डुवानमुक्त बनाउने ।

२१. धन्यढिकुरो फुटबल खेलमैदान, ओमनगर खेलमैदान र निर्माणाधिन क्रिकेट मैदान र कपन ह्याण्डबल मैदान, सम्पन्न गरी बूढानीलकण्ठ खेलमैदानको रुपमा विकास गर्ने ।

२२.बूढनीलकण्ठ नगरपालिका भित्रको GIS Mapping गरि प्रत्यक घरको Digital House Numbering सहित अभिलेख तयार गर्ने ।

२३. उज्यालो र सुरक्षित बूढानीलकण्ठ योजना अनुरुप यसै आ.व मा ६ मिटर चौँडा भएको शहरी बस्तिमा सडक बत्ति जडान गरन करिब ४ करोषको ठौक्का भईसकेको  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय