बूढानीलकण्ठ नगरपालिकामा रहेका बालबालिका संरक्षण, विकास, सहभागिता सँगै बालमैत्रि नगरपालिका निर्माण सम्बन्धमा नगरपालिकाले नीति पारित गरेको छ ।
बाालबालिकाको आधारभुत अधिकारको संरक्षण तथा सम्बर्धन गर्दै उनिहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न नगरपालिकाले २०७८\०७९ को नीति निर्माण गरी यसको कार्यविधि तयार गरेको हो ।
नगरपालिकाको आठौँ नगर सभाबाट पारित भएको नीति अन्तर्गत विभिन्न नगर र वडा स्तरिय योजना तथा कार्यक्रमहरु सञ्चानल गर्न नगर कार्यपालिकाले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
सबै वडामा बालबालिका प्रोत्साहन कार्यक्रम, बाल प्रतिभा प्सभुटन कार्यक्रम, बालबालिका क्षमता विकास कार्यक्रम जस्ता बालबालिका लक्षित कार्यक्रम र योजनाहरु निर्माण गरी कार्यानव्यन भईरहेको अवस्था छ । यस क्षेत्रका कार्यक्रम र योजनाहरु सञ्चालनको लागि नगरपालिकाबाट आ.व. २०७८\७९ मा करिव ६० लाख बजेट बिनियोजन भएको छ ।
पुर्ण पाठ हर्नुहोस…
“बालबालिका संरक्षण, विकास, सहभागिता सँगै बालमैत्री नगरपालिका निर्माण “
१. बू.न.पा का प्रत्येक बालबालिकाले अनिवार्य बिद्यालय जाने अवस्था सृजना गरिनेछ ।
२. बालबालिका संरक्षणको लागि विविध चेतनामुलक कार्यक्रम संचालन साथै बाबुआमाको संरक्षण नभएका असहायहरुको लालनपालन र अनिवार्य शिक्षाको व्यवस्था मिलाईनेछ ।
३. बालबालिकाको हक सम्पत्ति संरक्षण र संरक्षणको लागि जवाफदेही सृजना गरिनेछ ।
४ बिद्यालयमा र वडामा बाल क्लव गठन गरी नियमित बैठक, छलफल र नेतृत्व विकासको अभ्यास गरिने छ ।
५. प्रत्येक वडामा बालमैत्री खेलमैदान, पार्क सहित सामाजिकीकरण विकासमा क्रियाकलाप र स्थानको व्यवस्था गरिने छ ।
६. विद्यालयको अवस्था हेरी प्रभावकारी बालमैत्री बनाउन नीति निर्देशनको कार्यान्वयन र अनुगमनको संयन्त्र लागू गरिने छ ।
७. विभिन्न विषयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र बाल सम्मेलन, छलफल अन्तरक्रिया गरिने छ ।
८. नगर विद्यालयस्तर अतिरिक्त क्रियाकलाप सञ्चालनमा विद्यालयहरुलाई सहयोग र सहजीकरण गरिने छ ।
९. समाजमा विभिन्न सामाजिक समितिहरुमा बालबालिकाहरुको सहभागिता गराउने र विद्यालय व्यवस्थापन समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा बालप्रतिनिधी राख्ने व्यवस्था मिलाईने छ ।
१० बूढानीलकण्ठमा सञ्चालित ३० भन्दा बढी विभिन्न क्षेत्रका बाल विकास आश्रमहरुको निरिक्षण, अनुगमन प्रतिवेदन सहित बाहिर जिल्ला र स्थानीय तहबाट बालबालिका संकलन गरी ल्याउने क्रम घटाई आ-आफ्ना क्षेत्रमा नै व्यवस्थित नगरपालिका नीति गरिने छ ।
११. बालमैत्री नगरपालिका नीति निर्माणको लागि विविध पक्षहरुको राय सल्लाह लिई ५ वर्षे कार्ययोजना बनाईने छ ।