दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा बूढानीलकण्ठ नगरपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक छलफल कार्यक्रम समपन्न गरिएको छ। उक्त कार्यक्रमको प्रमुख विषय ‘नगरपालिकाको योजना तथा नीति निर्माण देखि कार्यान्वयनमा नागरिकहरुको सहभागिता’ रहेको थियो।

छलफल कार्यक्रममा बोल्दै बूढानीलकण्ठका मेयर श्री उद्धव प्रसाद खरेलले “यस नगरपालिकाका युवाहरुलाई उद्यमी बन्न तथा सक्रिय रुपमा अघि बढ्नको लागि आवश्यक प्रशिक्षण तथा परामर्श मार्फत क्षमता विकास गर्दै युवाहरुकै सुझावहरुमा केन्द्रित रहेर नीति तथा कार्यक्रमहरु ल्याउने अश्वासन दिनुभयो ।

‘मेयरसँग नागरिक’ कार्यक्रमको मुख्य उद्देश्य युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन जनसहभागीता बढाउने रहेको छ।

उक्त छलफल कार्यक्रममा नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेल, उप मेयर श्री रमा देवी राई, उप मेयर ज्यूको स्वकीय सचिव श्री मणिराम राई, बूढानीलकण्ठ नगर युवा परिषद्का उपध्यक्ष रुपेश भट्टराई, स्थानीय नागरिक समाज संस्थाका प्रतिनिधिहरु, मिडियाका प्रतिनिधिहरु, नगरपालिकाका अन्य प्रतिनिधिहरु, बूढानीलकण्ठका स्थानीय युवाहरु तथा दायित्व प्रतिनिधिहरु गरी २५ जना भन्दा बढिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवा स्वरोजगारी, युवा उद्यमशीलता विकास, युवा नेतृत्व, बजेट विनियोजन र पारदर्शीता सम्बन्धि प्रस्तुतिरण सँगै उक्त विषयहरुमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

त्यस्तै, उपमेयर श्री रमादेवी राईले स्थानीय तहको सकारात्म रुपान्तरणका लागि युवाहरुले न्यायिक विषय तथा प्रक्रियाहरुमा पनि चासो दिन अन्यन्तै जरुरी रहेको बताउनु भयो ।

बूढानीलकण्ठ नगर युवा परिषद्का उपध्यक्ष रुपेश भट्टराईले, “युवाहरुलाई कुनै पनि विषय वा मुद्दाको नकारात्मक भन्दा सकारात्मक पक्षलाई ध्यान दिनुपर्ने उपदेश दिँदै रचनात्मक तथा प्रगतिशील काममा लाग्न सुझाउँदै त्यस्ता कामलाई अघि बढाउन युवा परिषद्ले सदैव सहयोग गर्ने बताउनु भयो ।

यस छलफल कार्यक्रम, बूढानीलकण्ठका लागि दायित्व जनप्रशासन फेलोहरु श्री सुमित्रा श्रेष्ठ र सर्मिला खनालद्वारा स्थानीय साझेदार संस्था सोच नेपालसँगको सहकार्यमा आयोजना गरिएको थियो । यस्ता संवादले जवाफदेहिता प्रवर्द्धन गर्ने, स्थानीय नीतिगत मुद्दाहरुमा अन्तरको पहिचान गर्ने र जनता सरकारबिच सार्वजनिक बहसको अवसरहरु सिर्जना गरी जनताका प्रतिक्रियालाई संस्थागत गर्दै नीति निर्माण प्रक्रियामा युवा, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई पनि बढावा दिने विश्वास छ।

दायित्व नेपाल जन प्रशासन फेलोशिप २०२१ अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (USAID) को आर्थिक सहयोगमा एफएचआई ३६० (FHI 360) मार्फत सञ्चालन भईरहेको नागरिक समाजः पारस्परिक जवाफदेहीता परियोजना (Civil Society: Mutual Accountability Project) अन्तर्गतको एक कार्यक्रर्यम हो जसले पाँचवटा प्रदेशका ११ वटा पालिकाहरुमा नियुक्ति भएका प्रतिभाशाली र उर्जावान फेलोहरुले तीन महिनाका लागि पालिका अन्तर्गतर्गका जन अधिकारीहरु र स्थानिय सरकारका निर्वाचत प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्न सहयोग गर्नेछन्।

दायित्व बारे

दायित्वको बारेमा दायित्व एक गैर नफामुखी, गैर सरकारी नेपाली संस्था हो जसले उद्यमशील नेपालको परिकल्पना गर्दछ जहाँ हरेक व्यक्तिसँग समृद्ध भविष्यको अवसर हुनेछ । सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १२० नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानिय तहमा नीति अनुसन्धान सहयोग पुर्याएको छ। साथै दायित्वले नेपालको तीनवटा प्रदेशका ६५ वटा विकास उन्मुख ग्रामीण उद्यमहरु (जसमध्य, ३० वटा महिलाद्वारा सञ्चालित छन्) लाई द्रुतीकरण गरेको जसको कारण उद्यमीहरुलाई व्यापारमा नवप्रवर्तन ल्याउने, कम ब्याजदरमा कृण उपलब्ध गराउने र रोजगारीका अवसरहरु सिर्जना मौका मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय