बूढानीलकण्ठ नगरपालिकाले युवा परिचालन तथा सशक्तिकरणको लागि आर्थिक वर्ष २०७८\०७९ को नगर युवा नीति “स्वस्थ, शिक्षित र जिम्मेवार युवाको जाँगर: स्वच्छ शान्त नगर, समृद्ध भविष्यको आधार’ पारित गरेको छ ।

युवाहरूमा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी, युवाहरूको आधारभूत आवश्यकताको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्तहरूको प्रवद्र्धन गर्न युवा नीति ल्याइएको हो ।

नगरपालिकाको आठौँ नगर सभाबाट पारित भएको नीति अन्तर्गत विभिन्न नगर स्तरिय र वडागत योजना तथा कार्यक्रमहरु सञ्चानल गर्न नगर कार्यपालिकाले निर्देशन दिएको छ । युवा नीति तथा कार्यक्रमहरु सञ्चालनको लागि युवा खेलकुद, युवा परिषद्, युवा सँग मेयर र युवा विकास शीर्षकमा २ करोड बजेट बिनियोजन भएको छ ।

नगर युवा युवा नीतिः

“स्वस्थ, शिक्षित र जिम्मेवार युवाको जाँगर: स्वच्छ शान्त नगर, समृद्ध भविष्यको आधार’

१. नगर स्तरीय युवाहरुको सबै वडामा युवा क्लव ब्यवस्थित गरी उनीहरुको छलफल सम्मेलन गरी समस्या र आवश्यकता पहिचान र समाधानका कार्यक्रम बनाउने ।

२. नगर भित्र खेल पुर्वाधारको सम्भावना पहिचान गरी उपयुक्त योजना बनाई कार्यान्वयन गर्ने कार्य जारी रहनेछ ।

३. नगरमा भएका युवा सिप प्रतिभाहरुको पहिचन गरी उनीहरुको सल्लाहमा सहयोगको नीति बनाउने ।

४. बिभिन्न खेल बिधाहरुमा क्रियाशिल अगुवा खेलाडीहरुको भेला गरी खेलकुद विकासका नीति निर्माण गर्ने ।

५. खेल पूर्वाधारको अवस्था अनुसार नगर खेलाडीहरुलाई स्तरोन्नती गर्न प्रोत्साहन गर्ने । स्तरीय खेल आयोजना गरी खेल

६. युवाहरुको Youth Parliament संचालन गरी नगर विकासको बिषयमा छलफल, बहश अभियानमा संलग्न गराउने ।

७. बिभिन्न खेल बिधाहरुमा आर्थिक सहयोग गराउने ।

८. बिभिन्न खेलमा उत्कृष्ट भएका खेलाडीहरुलाई उचित सम्मान प्रोत्साहन गर्ने ।

९. बढ्दों युवाहरुको दुर्व्यसनी र कुलतबाट टाढा राख्ने कार्यक्रम गर्ने । कुलतमा फसेका युवाहरुलाई उचित पुनस्थापनाको नीति बनाई सहकार्यमा सहयोग पुर्याउने ।

१०. उचित र उपलब्ध ठाउँको पहिचान गरी कवर्डहल, खेल (ग्राम) केन्द्र, व्यायामशाला बनाउने कार्यक्रम बनाउने ।

११. नगरको विकास निर्माणमा बिभिन्न बिधामा अध्ययन गरेका युवा, स्वयंसेवक छनौट गरी संलग्न गराउने ।

१२. नगर युवा परिषद मार्फत नविनतम कार्यक्रमहरु तयार गरी कार्यान्वयन गराउने ।

१३. युवा परिचालन र उद्यमशिलता बृद्धि गर्न “युवा सँग मेयर कार्यक्रम” बनाई अगाडी बढाउने ।

१४. युवा विकास सँग सहयोगी संस्थाहरुसँग सहकार्य गरी “विकासका लागि युवा परिचालन” अभियानको नीति बनाई अगाडी बढाउने ।

यस संगै युवाको हक हितको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका साथै शिक्षा,सीप, उद्यमशीलता र रोजगारीलाई प्रबर्धन गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोगबाट समुन्नत नगरपालिका निर्माणका लागि युवासम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरुको सार्थक सहभागिता बृद्धि गरी विकासमा मूलप्रवाहीकरण गर्न नगर युवा परिषद्  गठन गरेको छ । नगरपालिकाले नगरस्तरीय युवा परिषद् सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि पनि तयार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय