बूढानीलकण्ठ , भाद्र ११ गते । नेपाल रेडक्रस सोसाईटिबाट बूढानीलकण्ठ नगरपालिकामा सञ्चालित “उत्थानशिल नगर प्रबर्द्धन र सहभागिता (SURE)” कार्यक्रमको समापन भएको छ । बूढानीलकण्ठमा २०१६ सेप्टेमबर बाट ५ वर्ष सम्म सञ्चालन भएको यस कार्यक्रमको बिहिबार एक विशेष कार्यक्रम मार्फत समापन गरिएको हो ।
समापन कार्यक्रममा रेडक्रस सोसाईटि काठमाडौं जिल्ला शाखाका प्रतिनिधि ,कार्यक्रम संयोजक र सञ्चालकहरुलाई नगरप्रमुख र उपप्रमुखले सम्मानका साथ विदाई गर्नुभएको छ ।
नगरपालिकामा यस कार्यक्रमको सुरुवात देखिनै विभिन्न किसिमका सामाजिक विकास तालिम, छलफल, अन्तरक्रिया लगायत आवश्यक समाग्री वितरण जस्ता कार्यक्रम सञ्चालन भएको थियो ।
SURE कार्यक्रमको काठ्माण्डौं जिल्ला संयोजक सारदा खतिवडाले कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वयमा भएका कार्यहरुको समिक्षा गर्दैँ बूढानीलकण्ठ नगरपालिकामा भएका मुख्य कार्यक्रमहरुको उपलब्धिहरु बारे समेत जानकारी गराउनु भएको थियो ।
यस संगै SURE अन्तर्गत विपद जोखिम न्युनिकरणका लागि प्रतिकार्य टोलि गठन, वडा विपद व्यवस्थापन समिति गठन, वडागत रेडक्रस “च्यामपियन” समुह गठन, एकल महिला, आदिवासि, दलित तथा अपाङ्ग जस्ता लक्षित वर्गहरुलाई तालिम तथा आर्थिक र भौतिक सहयोग, नगर प्रहरीहरुलाई विपद जोखिम न्युनिकरण (CADRE) को विशेष तालिम लगायत विपद प्रतिकार्यका वैज्ञानिक उपकरण वितरण जस्ता मुख्य कार्यक्रमहरु सञ्चालन भएका थिए ।
(तस्विरः नगरप्रहरीहरुलाई CADRE तालिम )
समापन कार्यक्रममा उपस्थित नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलले नेपाल रेडक्रस सोसाईटि र नगरपालिकाको सहकार्य\साझेदारी मित्रताको लामो ईतिहासलाई स्मरण गर्दै यस किसिमका कार्यक्रमहरुबाट नगरवासिहरुको नेतृत्व विकास तथा क्षमता अविवृद्धि मात्र नभई आफ्नो स्थानीय सरकार प्रति एक आम नागरिकको दायित्व र सरकारको कार्य सञ्चालनमा नागरिकको सहभागिता जस्ता महत्वपुर्ण हिस्साहरुमा सुधार भएको बताउनुभएको थियो ।
नगरपालिकाका आमा समुह, एकल महिला समुह लगायत युवा समुहबाट प्रतिनिधिहरुले लिएका तालिमको प्रस्तुतिकरण शत्रमा आफु पनि सहभागि हुँदा उनिहरुमा देखिएको विकासले यस कार्यक्रमको महत्व झल्किएको बताउदैँ नेपाल रेडक्रस सोसाईटिलाई यस्तै किसिमका अन्य तालिहरु सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम समापनमा नगरप्रमुख र उपप्रमुखले रेडक्रस सोसााईटि काठमाडौं जिल्ला शाखाका प्रतिनिधिहरुलाई मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो । सोहि कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिले बूढानीलकण्ठ नगरपालिकालाई विपद व्यवस्थापनका वैज्ञानिक उपकरणहरु समेत हस्तान्तरण गरेको थियो ।
नेपाल रेडक्रस सोसाईटि काठमाडौं जिल्ला शाखा शभापति मधुरा राम श्रेष्ठले कार्यक्रम मार्फत बूढानीलकण्ठ र रेडक्रसको मित्रतालाई यस कार्यक्रमले विशेष जोड दिएको बताउँदै आगामि दिनहरुमा नगरपालिकाको सहकार्यमा अन्य कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
बिहिबार भएको समापन कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, नगर उपप्रमुख रमा देवि राई, नगरपालिका विभिन्न वडाका जनप्रतिनिधी, प्रमुख प्रसाशकिय अधिकृत राजेन्द्र कार्कि, नगरपालिका विभिन्न शाखा अधिकृत लगायत नेपाल रेडक्रस सोसाईटि काठमाडौं जिल्ला शाखा शभापति मधुराम श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मि रत्न तुलाधर, नेपाल रेडक्रस सोसाईटिका प्रशिक्षक संयोजक नवराज भण्डारी, SURE कार्यक्रम काठमाडौं जिल्ला संयोजक सारदा खतिवडा, कार्यक्रम सञ्चालक प्रेरणा डंगोल लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।