बूढानीलकण्ठ नगरपालिका वडा नं ६ मा भौतिक पुर्वाधारको उल्लेखनिय सुधार भएको छ। स्थानिय सरकार स्थापना भए देखि हाल सम्म वडाको बाटो, ढल , सार्वजनिक जग्गा, पार्क, बिजुलि पोल, भवन, मंदिर जस्ता विभिन्न भौतिक बिकासका कार्यहरुमा परिवर्तन आएको छ।

उपभोक्ता समुहहरुको पहल र स्थानिय तह बिचको समन्वयले वडामा निकै राम्रो सुधार  देखिएको छ। लुडेखोला देखि शेराफाट सम्मको निकै लामो समय देखि अस्तव्यस्त रहेको दुई सय मिटर लामो बाटो वडाका सक्रिय उपभोक्ता समिति मध्यको शेराफाँट उपभोक्ता समितिले यहि आर्थिक बर्ष २०७६/७७ मा वडाको बिनियोजित बजेट पचास लाख रुपैयाबाट चौध फिटे बाटो ढलान कार्य सम्पन्न गरीसकेको छ। यस संगै रहेको लुडेखोला करिडोर देखि कपुर चोक सम्मको करिव तिन हजार घरहरु लाभान्वित हुने गरी वडाको पहलमा उपत्यका विकास प्राधिकरण बाट योजना बिनियोजन भएको तिन सय मिटर बाटो ढलान कार्यको अन्तिम चरणमा पुगेको छ भने एक दशक भन्दा लामो समय सम्म सुधार नभएको हात्तिगौडा देखि टोखा जोड्ने मुख्य सडकमा बाटो ढलान र ढल बिस्तार कार्यहरुको करिव ६० प्रतिशत काम सम्पन्न भईसकेको छ।

वडामा रहेको आव्श्यक बाटोहरु ढलान गरे संगै विकासको क्रममा वडाले गोरेटो बाटोहरुमा पनी सुधार ल्याएको छ। वडाले शेराफाट मा रहेको धेरै मानिस ओहोर-दोहोर गर्ने गोरेटो बाटोमा टाईल छापेको छ। सृजनशिल उपभोक्ता समितिले वडाको विनियोजित बजेट पाँच लाख बाट एक सय सैतिस मिटर लामो गोरेटो बाटोमा टाईल छापेको हो। साथै विपद जोखिममा रहेको ओखल गाँउ क्षेत्रमा भुक्ष संरक्षण गर्न रेटेनिङ वालको काम पनी सम्पन्न भइसकेको वडा अध्यक्ष नविन केसीले जानकारी दिनु भयो।

विकास निर्माणका कार्यहरुमा महिला समुहहरु सकृय भइ काम गरीरहेको परिवेशमा समावेशी टोल सुधार समिति तथा महिला समुहले बिष्णुमती पुल देखि समावेशी टोल सम्म ११,४८,३४१/-रुपैयाँ लागत बजेटमा काम सम्पन्न गरीसकेको जानकारी वडा सदस्य नानु खड्का ले जानकारी दिनु भएको छ । महिला नेतृत्व र महिला सशक्तिकरणमा विशेष जोड गर्ने उद्देश्यले वडाले अन्य विभिन्न बिकास निर्माणका कार्यहरुमा महिला समुहलाई जिम्मा लगाउने गरेको खड्काले बताउनु भयो।

बिकास निर्माणको कार्यहरुमा स्थानियवासीहरुको पनी महत्वपुर्ण भुमिका रहेको र स्थानियहरुबाट विभिन्न किसिमको सहयोग पाएको वडा अध्यक्ष नविन केसीले जानकारी दिनु भएको छ।। स्थानिय तह बाट द्रुत गतिमा बढिरहेको भौतिक निर्माणका कार्यहरुले ल्याएको परिवर्तन र सुधारबाट स्थानियहरु सन्तुष्ट रहेको र उपभोक्ताहरुको तर्फ बाट आवश्यक सहयोग गर्न तयार रहेको स्थानिय रवि खड्काले जानकारी दिनु भयो।

तस्विरः ( बिजय तामाङ, निमेष थापा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय