
बूढानीलकण्ठ नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकास र स्तरोन्नतिका लागि नगरपालिकाले आ.व. २०७८\०७९ को स्वास्थ्य निति तयार गरेको छ । “आधारभुत सर्वसुलभ स्वास्थ्य सेवा, स्वस्थ निरोगी नगरवासी” नाराका साथ तयार भएको स्वास्थ्य क्षेत्र अन्तर्गतका निति तथा कार्यक्रमहरु मार्फत नगरपालिकाको स्वास्थ्य क्षेत्रमा शुरुका वर्षमा घोषणा गरिएको योजनाहरु क्रमश सुधार गर्दैँ जाने लक्ष्य नगरपालिकाले राखेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७८\०७९ को प्रस्तावित वार्षिक बजेटबाट नगरको साधनश्रोत र आवश्यक्ता अनुसार योजना छनौट, प्राथमिकिकरण गरी आठौँ नगर सभाबाट स्वास्थ्य निति पारित भई कार्यान्वयन भईरहेको छ ।
स्वास्थ्य निति तथा कार्यक्रम कार्यनवयनका लागि नगरपालिकाको आ.व. २०७८\०७९ को वार्षिक बजेटबाट १२ करोड १८ लाख ८४ हजार विनियोजन भएको छ ।
नगरको स्वास्थ्य नीति निम्न अनुसार तय गरिएको छ :
१. नगर अस्पताल भवन तयार गरी सेवा सुभारम्भ गर्न बजेटको व्यवस्था गरिनेछ ।
२. स्वास्थ्य चौकीहरुको पूर्वाधार व्यवस्थित गर्न २ स्वास्थ्य चौकीको पूर्वाधार निर्माण पुरा गरिनेछ ।
३. जनताहरुलाई घरदैलो स्वास्थ्य सेवाको लागि घुम्ती स्वास्थ्य टोली र शिविर सञ्चालन गरिनेछ । बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा स्थापना हुन लागेको काठमाण्डौ बाल रोग सामुदायिक अस्पताल सँग साझेदारी गर्दै नगर अस्पताल निर्माणको लागि सबै पक्षाबाट सहायोग गर्न आह्वान गर्नुको साथै नगरपालिकाले आवश्यक सहयोगको रुपमा सहजीकरण गर्नेछ ।
४. बिद्यालयमा स्वास्थ्य सेवा थप बिस्तार गरिनेछ ।
५. वडाहरुमा ध्यान योगको केन्द्रको लागि खुल्ला क्षेत्रको सुधार बिस्तार गरिनेछ ।
६. मृगौला, मुटु जस्ता बिशेष रोगहरुको लागि गरिब र निम्न बर्गहरुको लागि गर्दै आएको सहयोग अझै ब्यवस्थित गरिनेछ ।
७. यस आ.व देखि काठमाण्डौ जिल्लाभर लागू हुने स्वास्थ्य बिमाको लागि जनता स्वास्थ्य बिमा कार्यक्रम कार्यविधी बनाई कार्यान्वयन गरिने छ।
८. कुनै पनि बेला आउन सक्ने स्वास्थ्य सम्बन्धी महामारी सँग जुध्न सक्ने गरी पूर्वाधार सहितका आवश्यक सामाग्रीहरु ब्यवस्थित गरिने छ ।
९. कोभिड १९ को चालु महामारी नियन्त्रण र रोकथामको लागि आवश्यक योजनाको लागि बजेट ब्यवस्था गरिने छ ।
१०. बूढानीलकण्ठ स्वास्थ्य नीति तत्काल पारित गरी कार्यान्वयन गरिने छ ।