बूढानीलकण्ठ नगरपालिकाले आ.व. ०७८ / ०७९ को कृषि परियोजना अन्तर्गत पकेट विकास कार्यक्रम संचालन गर्ने भएकाे छ । कार्यक्रममा सहभागी हुनका लागी कृषक समूह, कृषि सहकारी, कृषि फर्म अथवा जल उपभोक्ता समितिले २०७८ भाद्र २३ सम्म नगरपालिकाकाे कृषि शाखामा गइ आवेदन दिन पर्नेछ ।
आवेदन दिनका लागी आवश्यक कागजातहरूः
१ कृषि समूह सहकारी संस्था/ कृषि फर्म दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि ।
२. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
३. जग्गाको लालपूर्जाको प्रतिलिपि वा जग्गा भाडामा भएमा कम्तीमा ५ वर्षको सम्झौतानामाको प्रतिलिपि ।
४. निवेदकको नागरिताको प्रतिलिपि ।
५. कृषक समूह र सहकारीको हकमा निर्णयको प्रतिलिपि ।
६. पकेटको लागि क्षेत्रफल / संख्याको न्यूनतम आधार साना व्यवसायिक उत्पादन कृषि केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालनको लागि तालिका -१ मा उल्लेख भए बमोजिम न्यूनतम क्षेत्रफल वा संख्याको आधार पुरा गर्नु पर्नेछ ।
२ नँया र १ पुराने समूह, सहकारी अथवा फर्महरूलाइ कार्यक्रममा समायाेजन गरि कार्यक्रम अन्तैगत खुल्ला क्षेत्रमा ६ हेक्टर र प्लाष्टिक टनेल भित्र १ हेक्टरमा तरकारी बाली लगाइने छ । नयाँ पकेटको हकमा पहिलो प्राथमिकता कृषक समूह र कृषि सहकारीलाई दिईने छ र व्यक्तिगत फर्मको हकमा तोकीएको क्षेत्रफल नपुगेमा नजिकैको दर्ता भएका अन्य फर्महरुसँग संयुक्त आवेदन दिन सकिनेछ ।
प्नधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा कृषि क्षेत्रकाे विकास र प्रवर्द्धनका लागि साना व्यवसायिक उत्पादन कृषि केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गर्न लागेकाे हाे ।