बूढानीलकण्ठ नगरपालिकाले सबै वडामा सुविधाजनक सार्वजनिक सौचालय निर्माण गर्ने योजना अघि बढाएको छ ।

यही योजना अनुरूप बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा स्वचालित नमूना सार्वजनिक सौचालयहरु निर्मांण सम्पन्न भईसकेको र अन्य स्थानहरुमा निर्माण कार्य भईरहेको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिनु भएको छ ।

प्रमुख खरेलले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामग्रीको जडान गरि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रविधिमैत्री बनाउँदै लगिरहेको बताउँनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरूप काम गरिरहेको छ ।

नगरपालिकामा पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि शौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यही नीति अघि बढाएको छ ।

यस निति अनुसार हाल सम्म वडा नं ०२ को महादेव कोलोनि, भंगालको ज्येष्ठ नागरिक पार्क, वडा नं ०५ सामुदायिक भवन, वडा नं ०८ बास्केटबल कोर्ट, वडा नं १३ टुपेक चोक, वडा नं ०३ बूढानीलकण्ठ मंदिर क्षेत्र, वडा नं १० ह्याण्डबल मैदान लगायतका ठाँउहरुमा प्रविधिमैत्रि सुविधा सम्पन्न सार्वजनिक सौचालयहरु सञ्चालनमा आईसकेको छ ।

यस्तै वडा नं ११ खरिबोट (वडा कार्यालय भवन नजिक), वडा नं १२ तेन्जिङ् चोक, वडा नं ०७ पान चौर सामुदायिक भवन, वडा नं ०६ ओपन जिम (पार्क), वडा नं ०८ बालबालिका पार्क लगायतका स्थानहरुमा नगरपालिका र अन्य संघ संस्थाहरुको सहकार्यमा सौचालय निर्माण कार्य सुरुभई सम्पन्न हुने प्रकृयामा रहेका छन् ।

निर्माण भएका र हुन लागेका शौचालयहरुमा पुरूषका लागि कम्तिमा ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।

नगरपालिकाले यस आर्थिक वर्षको अन्तिम सम्म २० देखि २५ वटा सार्वजनिक सौचालय सञ्चालनमा ल्याउने लक्ष्य राखेको प्रमुख खरेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय