बूढानीलकण्ठ, भाद्र ०४ गते ।  बूढानीलकण्ठ नगरपालिकामा भाद्र ०८ गते कोभिड १९ विरुद्धको खोप चाइनिज भेरोसेलको पहिलो मात्रा प्रदान गरिने भएको छ।

कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारबाट निर्धारित उमेर समुह अन्तर्गत ४० वर्ष माथिका व्यक्तिहरु साथै अन्य तोकिएका व्यक्तिहरुलाई खोप प्रदान गरिने भएको हो।

नगरपालिकाका सबै वडामा खोप केन्द्र सञ्चालन गरीने जनस्वास्थ्य महाशाखाले जनाएको छ । खोप एक दिनका लागि मात्र प्रदान गरिने छ भएकाले मिति २०७८ भाद्र ८ गते बिहान ९ बजे देखि ४ बजेसम्म खोप सेवा लिनुहुन नगरपालिकाले अनुरोध गरेको छ।

खोप केन्दहरु:

१. आधारभूत स्वास्थ्य केन्द्र, तौलुङ्ग चौतारा -०१

२. चपली भद्रकाली स्वास्थ्य चौकी -०२

३. बूढानीलकण्ठ स्वास्थ्य चौकी -०३

४. श्री राम आधारभूत विद्यालय पासिकोट वडा नं -०४

५. शहरी स्वास्थ्य केन्द्र, विष्णुमती -०५

६. खड्का भद्रकाली स्वास्थ्य चौकी -०६

७. आधआरभूत स्वास्थ्य केन्द्र, तल्लो खत्रीगाउँ -०७

८. महाँकाल स्वास्थ्य चौकी -०८

९. श्री नेशनल आइडियल स्कूल, वडा नं -०९

१०. श्री त्रिनेत्र स्कुल, कपन वडा नं -१०

११. कपन स्वास्थ्य चौकी -११

१२. श्री त्रिज्योति स्कुल, कपन वडा नं १२

१३. चुनिखेल स्वास्थ्य चौकी १३ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय