बूढानीलकण्ठ, भाद्र ०३ गते । बूढानीलकण्ठ नगरपालिकाको ३३.६ % जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । नगरपालिका जनस्वास्थ्य महाशाखाको विवरण अनुसार हालसम्म ५१,५८२ नगरवासीले खोप लगाईसकेका छन् ।
गत बर्ष माघ महिनाबाट देशभर सुरुभएको खोप अभियान अन्तर्गत बूढानीलकण्ठमा पनी विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोभिसिल्ड (COVISHIELD), चाईनिज भेरोसेल (CHINESE VEROCELL) र जोन्सन एण्ड जोन्सन (J and J) खोप लगाउन सुरु गरिएको थियो ।
खोप अभियान अन्तर्गत नगरपालिकामा Covishield पहिलो र दोस्रो मात्रा ५५२० जनाले लगाएका छन् भने भेरोसेल दोस्रो मात्रा लगाउने संख्या १६,५८६ , भेरोसेल पहिलो मात्रा मात्र लगाउने २२,२७६ र जोन्सन एण्ड जोन्सन खोप लगाउने ७२०० पुगेको छ ।
नगरपालिकाको कुल जनसंख्या (नगर पर्श्वचित्र २०७४ अनुसार ) १,५३,३०३ मध्य ३३.६४ % जनसंख्यालाई खोप लगाईसकेको छ ।
खोप अभियानलाई थप व्यवस्थित गरी नगरपालिकामा वसोवास गर्ने सम्पुर्णलाई खोप लगाउने व्यवस्थामा नगरपालिका लागि परेको नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिनु भएको छ ।