बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाइ मेयर छात्रवृत्ति दिइने छ । यसै नगरपालिकामा संचालित श्री बूढानीलकण्ठ माध्यमिक विद्यालयमा सि.टि.इ.भि.टी. (CTEVT) बाट सम्बन्धन लिइ यी विषयहरूमा अध्यापन गराइने छ ।
नगरपालिकाद्वारा ८ जना विद्यार्थी र श्री बूढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी जम्मा १० विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्तिमा छनाैट हुनका लागि विद्यार्थीहरूले २०७८ साल भाद्र १५ गते भित्र नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद महाशाखामा निवेदन दिनु पर्ने छ ।
साे छात्रवृत्ति Diploma in Civil Engineering र Diploma in Computer Engineering काेर्षकाे लागि उपलब्ध छ । काेर्षहरूकाे अवधी ३ वर्षकाे रहकाे छ भने मान्यता ओभरसियर वा +२ बराबरकाे रहकाे छ ।
विद्यार्थीहरूले SEE मा अङ्ग्रेजीमा न्युनतम D+, विज्ञान र गणितमा न्युनतम C ग्रेड ल्याएकाे हुनुपर्ने छ । सामाजिक समानता सुनिश्चित गर्नका लागि २ जना नगरकाेटी, २ जना दलित र अन्य ४ विद्यार्थीहरूलाइ नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने छ ।
यसका साथै, छात्रवृत्तिमा छनाैट हुन इच्छुक विद्यार्थीहरू सि.टि.इ.भि.टी. (CTEVT) बाट २०७८ सालमा लिइने प्रवेश परिक्षामा उतीर्ण भएकाे हुनुपर्ने छ ।
नगरपालिकामा बसाेबास गर्दै आएका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाइ उच्च तथा प्राविधिक शिक्षामा सहयाेग पुर्याउने उदेश्यले मेयर छात्रवृत्तिकाे आयाेजना गरिएकाे नगरप्रमुख उद्धव खरेलले बताएका छन।