बुढानीलकण्ठ , श्रावण ३० गते ।
सहिद स्मारक सि-डिभिजन छनौट खेल प्रतियोगितामा भाग लिन लागेको ‘टिम बूढानीलकण्ठ’मा खेलाडिहरुको समुह तयार भएको छ ।शिवपुरी युवा क्लवको संयोजकत्वमा भएको खेलाडि छनौट प्रकृयाबाट नगरपालिकाका २४ जना उत्कृष्ट खेलाडिहरु छानिएका छन् ।
संयोजक शिवपुरी युवा क्लवको खेलाडि दर्ता आव्हान अनुसार श्रावण ३० गते बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित ‘कप-अन स्पोर्टस सेन्टर’ र वडा नं ०८ स्थित ‘गोल्फुटार फुटबल मैदान’ गरि दुई वटा मैदानमा खेलाडि छनौट खेल संचालन भएको थियो ।
टिम म्यानेजर प्रमेश थापाका अनुसार छनौट खेलमा नाम दर्ता भएका १०० जना भन्दा बढि फुटबल खेलाडिहरु उपस्थित थिए । जस्मध्य विभिन्न चरणको छनौट प्रतिस्पर्धा मार्फत २४ जना उत्कृष्ट र दावेदार खेलाडिहरु छानिएका छन् ।
नेपाल आर्म्ड पुलिस फोर्स (ए.पि.एफ) का लाईसेन्स प्राप्त प्रशिक्षक तथा खेलाडि सन्तोष श्रेष्ठ र श्याम नेपालिको निर्णय अनुसार खेलाडिहरु छनौट भएका थिए । छनौट भएका २४ जना खेलाडिहरु निश्पक्ष प्रकृयाबाट क्षमताका आधारमा छानिएको प्रशिक्षक सन्तोष श्रेष्ठले बताउनु भएको छ ।
आज भएको छनौट खेलमा ‘टिम बूढानीलकण्ठ’को व्यवस्थापन समितिका सन्देश कार्कि, लक्ष्मण खड्का, कृष्ण थापा, सविन सापकोटा, क्षितिज खड्का, शेखर खड्का र मधु कार्किको उपस्थिति रहेको थियो ।
भाद्र १० गतेबाट सुरु हुने लिग खेलका लागि ‘टिम बूढानीलकण्ठ’को दोस्रो चरणको तयारी सम्पन्न भईसकेको छ । खेलाडिहरुको प्रशिक्षण भोलि देखिनै सुरु हुने भएकाले ‘टिम बूढानीलकण्ठ’को सेट यस प्रतियोगितामा प्रतिस्पर्धि समुहको रुपमा चिनिने लक्ष्य रहेको संयोजक शिवपुरी क्लबले जनाएको छ ।
खेलाडि प्रशिक्षण गोल्फुटार फुटबल मैदानमा श्रावण ३१ गते बाट बिहान ७ बजे देखि नियमित रुपमा संचालन हुने भएकाले मैदानमा उपस्थिति भई खेलाडिहरुको जोस र हौसला बढाईदिनुहुन सम्पुर्ण खेल प्रेमि नगरवासिहरुलाई क्लबले अनुरोध गरेको छ ।