बूढानीलकण्ठ, श्रावण २९ गते ।  बूढानीलकण्ठ नगरपालिका वडा नं १ स्थित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको  छ। बू.न.पा १ स्थित तौलुङ्ग चौतारामा रहेको सार्वजनिक भवन र ङाग्युर झ्याङ्तेर दार्ग्येलिङ सार्वजनिक गुम्बा प्राङ्गणमा विशेष कार्यक्रम मार्फत केन्द्र उत्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अथिति बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन भएकोमा बधाई दिँदै आफू गा.वि.सको अध्यक्षका रुपमा रहँदा देखि हालसम्म भएका प्रगति तथा विकासका सपनाहरु पूरा हुदैँ गएको बताउनुभएको थियो । साथै यस स्वास्थ्य केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै वडा १ तथा २ का वडा वासीहरुलाई पूर्ण रुपमा सेवा सुविधाहरुको उपलब्धतालाई सुनिश्चित गर्दै लग्न समेत प्रमुख खरेलले आग्रह गर्नुभयो।    

कार्यक्रममा विशेष अतिथि उपप्रमुख रमादेवी राईले उक्त केन्द्रको शुरुवात भएकोमा बधाई दिँदै यसको प्रचार तथा स्वास्थ्य केन्द्रमा सबैको पहुँच र सेवाहरुलाई व्यवस्थित गर्दै लग्नका लागि शुभकामना व्यक्त गर्नुभयो।

स्वास्थ्य सम्बन्धि कुनै पनि किसिमका आधारभूत सेवा प्राप्त गर्नका लागि उक्त भेगका व्यक्तिहरुलाई सहजता प्रदान गर्दै उक्त केन्द्रको स्थापना गरिएको वडाका अध्यक्ष सुरेन्द्र लामाले बताउनुभएको छ। साथै यस केन्द्रमा हाल स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सहायक गरि चारजना कार्यरत रहने जानकारी दिँदै यस केन्द्रबाट प्रदान गरिने सेवालाई अझै व्यवस्थित र सेवाहरुलाई विस्तार गर्दै लगिने लामाले जानकारी दिनुभयो। त्यस्तै समय समयमा डाक्टरहरुको परामर्श तथा निःशुल्क स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरि वडावासीहरुलाई थप स्वास्थ्य सेवाहरुको उपलब्धता गरिने अध्यक्ष लामाले प्रतिवद्धता जनाउनुभयो। 

स्वास्थ्य केन्द्रको उ्दघाटन समारोहका सञ्चालन वडा नं १ सदस्य नविन श्रेष्ठले गर्नुभएको थियो। उक्त स्वास्थ्य केन्द्रमा सिनियर अ.न.मि राधिका ढकाल, अ.हे.व ईन्द्रा कुमारी प्याकुरेल, हे.अ पुजा भट्ट, कार्यालय सहायक मञ्जु घले लगायत कार्यरत रहने सदस्य श्रेष्ठले जानकारी दिनुभयो।  

वडावासीहरुलाई कुनै पनि स्वास्थ्य सेवा प्राप्त गर्नका लागि टाढा जानु परेको अवस्थामा अब आफ्नै वडाको उक्त केन्द्रबाट विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि सेवाहरु जसमा सामान्य देखि दिर्घ रोग सम्बन्धि परामर्श सेवाहरुको लाभ लिन सकिने जनाइएको छ।

उद्घाटन कार्यक्रममा रुघा खोकी, ज्वरो तथा अन्य सामान्य किसिमका स्वास्थ्य समस्याहरुका लागि निःशुल्क रुपमा परामर्श तथा औषधी समेत वितरण गरिएको थियो । 

आजको कार्यक्रममा नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, उप-प्रमुख रमादेवी राई, कार्यकारी प्रमुख राजेन्द्र कार्की, नगर स्वास्थ्य महाशाखाका प्रमुख कुमार प्रसाद दाहाल, स्वास्थ्य महाशाखाका कर्मचारी, स्वास्थ्य स्वयंसेविकाहरु, वडा नं १ र वडा नं २ का जनप्रतिनिधिहरु, वडाका विभिन्न राजनितिक दलका नेता तथा वडाका बुद्धिजिवि, वडा वासीहरु लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय