
बूढानीलकण्ठ वडा नं २ मा रहेको नारायण डाँडा वस्तिमा स्थानीय सरकारले पहिलो पल्ट सरप्राईज भ्रमण गरेको छ। भ्रमणको क्रममा नारायण डाँडा उपभोक्ता समितिलाई ५ थान स्वचालित सडक बत्ति पनि प्रदान गरेको छ। टोलवासी लाई साँझ विहानको समयमा आवात जावतमा परेको समस्याको समाधान गर्न भन्दै वडाले बत्ति सहयोग गरेको हो।
कतिपय नेता र वडा वासिलाई नै थाहा छैन नारायण डाँडा वस्ति बूढानीलकण्ठ नगरपालिकामा पर्छ भनेर। आजको भ्रमणमा वडाले नारायण डाँडाका उपभोक्ताहरु सँग टोलका समस्याहरु बारे पनि छलफल गरेको छ। आजको छलफलमा वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का, सदस्यहरु ज्ञानु कार्की थापा, राजेन्द्र श्रेष्ठ, जय बहादुर लामा का साथै शिवपुरी राष्ट्रिय निकुञ्जका रेञ्जर सुमन भण्डारी लगायतको उपश्थिति रहेको थियो।
आजको छलफलबाट नारायण डाँडाको खानेपानीको समस्या रहेको थाहा भएको र छिट्टै खानेपानीको व्यवस्थित योजना सुरु गर्ने वडा अध्यक्षले बताउनु भएको छ। आजको सरप्राईज भ्रमण बाट टोल वासी पनि निकै खुशि भएका थिए।