श्रावण २८, बूढानीलकण्ठ ।
“खाद्य प्रणालीमा रूपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन” नाराका साथ सन् २०२१ साल अगस्त १२ तारिख बूढानीलकण्ठ नगरपालिकाकाे विभिन्न स्थानहरूमा वृक्षाराेपणगरि अन्तराष्ट्रिय युवा दिवस मनाइएकाे छ ।
नगर युवा परिषदकाे आयाेजित यस कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, सम्बन्धित वडा अध्यक्षहरू र करिब २०० जना युवाहरूकाे सहभागिता रहेकाे थियाे।
यस कार्यक्रममा नगरपालिका भित्रका यी ४ स्थानहरूमा वृक्षाराेपण गरिएकाे छ ।
१. डुकुने सामुदायिक वन, बू.न.पा.-१
२. प्रगती सामुदायिक वन, बू.न.पा.-६
३. ढुङ्गेपाखा, बू.न.पा.-११
४. रातामाटे डाँडा, सापाँटार, बू.न.पा.-१३
यी स्थानहरूमा करिब ५०० वटा विरूवाहरू राेपिएकाे छ, जसमध्य वैश, धुपी, उतीस, कपुर र गुरास लगायतका बिरूवाहरू रहेका छन ।
बू.न.पा. युवा परिषद अध्यक्ष रूपेश भट्टराइ बताउँछन्- “आजकाे कार्यक्रम अन्तराष्ट्रिय युवा दिवस मनाउनु मात्रै नभइ वातावरण संरक्षणमा युवाहरूकाे सहभागीता बढाउन र उनीहरूलाइ समाजप्रति उत्तरदायी बनाउन पनि हाे ।”
देश विकासमा युवाहरूकाे भूमिकालाइ दर्शाउन नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।