बूढानीलकण्ठ श्रावण २७ गते ।
कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा प्रभावकारी ठानिएको मास्कको प्रयोगलाई विज्ञहरूले जोड दिएका बेला बूढानीलकण्ठ नगरपालिका स्थित बाल अपाङ्ग टेवा संस्था ले चाईनामा उत्पादित ‘Q/MYD9’ कपडाको मास्क निःशुल्क वितरण अभियान सुरु गरेको छ ।
बजारमा सजिलै पाईने सर्जिकल मास्कहरु एक पटक मात्र प्रयोग हुने र त्यको फोहोरले वातावरणमा पारिरहेको असर बारे मानिसहरुलाई सचेत गराई कपडाको मास्क प्रयोगमा जोड दिने हिसाबले विभिन्न समुह, संस्था तथा फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुलाई विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित कपडाको मास्क वितरण सुरु गरेको संस्थापक डेण्डि शेर्पाले जानकारी दिनु भयो ।
श्रावण २२ गते बाट सुरु गरिएको अभियान मार्फत संस्थाले हाल सम्म बूढानीलकण्ठ भरी करीव १२००० ओटा मास्क वितरण गरेको उहाँले बताउँनुभयो । यस अन्तर्गत नगरपालिकामा रहेका विभिन्न बाल गृह, वृद्ध आश्रम, बैंक, सहकारी, अपाङ्ग व्यक्तिहरु लगायत फ्रन्टलाईनमा खटिएका डाक्टर, नर्स, प्रहरी र सरकारी कर्मचारीहरुलाई मास्क वितरण गरिसकेको छ ।
आज मात्र नगरपालिका जनस्वास्थ्य महाशाखाको सहकार्यमा संस्थाद्वारा नगरपालिका प्रशासनिक भवनमा कार्यरत सबै शाखाका कर्मचारी लगायत उपस्थित सेवाग्राहीहरुलाई मास्क वितरण गरेको थियो ।
यस अभियानका लागी बाल अपाङ्ग टेवा संस्था लाई हङकङ स्थित मिक्स एण्ड म्याक्स (MIX and MAX) संस्थाबाट ५०,००० मास्क सहयोग आएको शेर्पाले जानकारी दिनु भयो ।
१ दशक भन्दा लामो समय देखि अपाङ्ग बालबालिका संरक्षण, उनिहरुको हक र सुरक्षाका लागी विभिन्न समाजिक कार्य मार्फत टेवा पुर्याउदैँ आईरहेको संस्थाले नगरपालिकामा रहेका अपाङ्ग बालबालिकाको उद्दार गर्ने देखि उनिहरुको सहरा बन्दै आएको छ ।
स्वास्थ्य मापदण्ड प्रति सजग हुदैँ समाजिक सेवामा निरन्तर लागि परिरहेको संस्थाको उर्जा प्रति धन्यवाद दिदैँ संस्था र नगरपालिकाको विचको सहकार्यमा अन्य समाजिक अभियानहरु सञ्चालन गर्दै लैजान नगरपालिका तयार रहेको बताउँनुभयो ।