बूढानीलकण्ठ, श्रावण २७ गते ।

बूढानीलकण्ठ नगरपालिकामा दुई दिनसमम सञ्चालित ‘एस्ट्राजेनेका’ (कोभिशिल्ड) खोप को दोस्रो मात्रा प्राप्त गर्ने संख्या ३,२१२ पुगेका छन्। जापान तथा भुटान मार्फत प्राप्त भएको खोपको पहिलो मात्रा प्राप्त गरेकाहरुका लागि दोस्रो मात्राको खोप कार्यक्रम श्रावण २५ र २६ गते गरि दुई दिनका लागि सञ्चालन गरिएको थियो ।

पहिलो दिनमा २,७४४ जना र दोस्रो दिन ४६८ जना गरि कुल ३२१२ को संख्यामा नगरपालिकाका अस्थायी तथा स्थायि बासिन्दाहरुले दोस्रो मात्राको एस्ट्राजेनेका खोप प्राप्त गरेका हुन् ।

नगरपालिकामा ‘एस्ट्राजेनेका’ दोश्रो मात्रा खोप लगाउन छुटेकालाई राधास्वामी आइसोलेसन सेन्टर, सामखुसिमा  श्रावण २७ गते देखि खोप केन्द्र सञ्चालन भईरहेको हुनाले त्यहाँ गई खोप सेवा लिनुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

श्रावण २५ गते समुहगत रुपमा खोप प्राप्त गर्ने व्यक्तिहरुः

१. ६५ वर्ष तथा सो भन्दा माथिका उमेरकाः २,२७८

२. स्वास्थ्यकर्मि, सुरक्षाकरमी तथा सरसफाई तथा फोहोरमैलाका कर्मचारीहरुः १०६

३. अन्य दोस्रो मात्रा लगाउन अत्यावश्यक रहेकाहरुः ३६०

श्रावण २६ गते (आज) समुहगत रुपमा खोप प्राप्त गर्ने व्यक्तिहरुः

१. ६५ वर्ष तथा सो भन्दा माथिका उमेरकाः ३८९

२. स्वास्थ्यकर्मि, सुरक्षाकरमी तथा सरसफाई तथा फोहोरमैलाका कर्मचारीहरुः २०

३. अन्य दोस्रो मात्रा लगाउन अत्यावश्यक रहेकाहरुः ५९

खोप केन्द्रहरुः 

१. श्री गणेश मा.वि (गणेश चोक वडा नं. २)

२. श्री महाकाल स्वास्थ्य चौकी (गोल्फुटार, वडा नं.८)

३. श्री बालउद्धार मा.वि. (कपन बेख, वडा नं. १०)

४. श्री नेपाल चार्टर स्कुल (मनकामना मन्दिर वडा नं. १०)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय