बूढानीलकण्ठ, श्रावण २६ गते ।
बूढानीलकण्ठ कृषी विकास शाखाले नगरपालिकाका सबै वडाका कृषकहरुलाई ‘निःशूल्क कागतिको विरुवा वितरण’ कार्यक्रम समपन्न गरेको छ ।
बैशाख मसान्त देखि सुरु भएको वितरण कार्यक्रम अन्तर्गत नगरपालिका भित्र रहेका कृषक, करेसा खेति तथा कौशि खेति उपभोक्ताहरु लक्षित गरी नगरका १३ वटै वडामा २५० वोटका दरले कागतीको विरुवा वितरण भएको हो ।
कृषी विकास शाखा प्रमुख लक्ष्मि घर्तिका अनुसार नगरपालिका कृषी विकासको लागी शाखाबाट विभिन्न समयमा कृषक लगायत कृषक समुहको आवश्यक्ता माग अनुसार तरकारीका विरुवा, टनेल, ट्रायक्टर, मिति टिलर जस्ता कृषी समाग्रीहरु वितरण गर्दै आएको छ ।
यस आर्थिक बर्षमा पनि कृषी विकासमा योगदान पुर्याउने खाल्का विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गर्न लागेको हुनाले कृषकहरुलाई शाखा संग नियमित संपर्कमा रहन उहाँले आग्रह गर्नुभएको छ ।