बुढानीलकण्ठ, श्रावण २१ । बुढानीलकण्ठ नगरपालिकामा भोलि देखि २ दिन सम्म चाईनिज भेरोसेल दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको छ।
नगरपालिकामा यस अघि असार ३०, ३१ र श्रावण १ गतेका दिन चाईनिज भेरोसेल खोप पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि चाईनिज भेरोसेल दोश्रो मात्रा खोप लगाउन लागिएको हो ।
अभियान श्रावण २२ गते देखि श्रावण २३ गतेसम्म जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना हुने गरी सञ्चालन हुने हुदाँ तोकिएको खोप केन्द्रहरुमा गइ खोप सेवा लिनु हुन सम्पुर्ण नगरवासीहरुलाई अनुरोध गरिएको छ ।
खोप केन्द्रः
श्री गणेश मा.वि, गणेश चोक वडा नं. २
श्री महाकाल जनजागृति मा. वि. , गोल्फुटार, वडा नं. ८
श्री वालउद्धार मा.वि., कपन बेख, वडा नं. १०
श्री नेपाल चार्टर स्कुल, मनकामना मन्दिर वडा नं. १०
नौलिन मा.वि, चुनिखेल, वडा नं. १३
यस संगै श्रावण २२ र २३ गतेका दिन दोस्रो मात्रा खोप लगाउन छुट भएका व्यक्तिहरुका लागि श्रावण २४ गते १ दिन मात्र खोप केन्द्र नौलिन मा.वि. मा खोप संचालन गरिने व्यहोरा महाशाखाले जनाएको छ ।
खोप लगाउने लक्षित समूह
• यस अघि चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरु मात्र ।
खोप लगाउन आउँदा पालनागर्नु पर्ने नियमहरुः
• खोप लगाउन खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर आउनु हुन ।
• खोप लगाउन आउँदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर आउनु हुन । • खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्नु हुन ।
• दोश्रो मात्रा खोपको लागि पर्याप्त मात्रामा खोपको व्यवस्था भएकोले निर्धारित समय भन्दा अगाडी विहानै आएर लाइनमा नवसिदिनु हुन ।