बूढानीलकण्ठ, श्रावण २० गते । बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ०२ को प्रशासनिक कार्यालय भवन सिलान्यास गरिएको छ । बुधबार बिहान एक समारोह आयोजना गरी नगर प्रमुख उद्धव प्रसाद खरेलले भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।
तिन कोठे भवनमा सञ्चालन हुदैँ आएको वडा नं ०२ कार्यालयमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकोले नगरपालिका र जिल्ला समन्वय समिति को साझेदारीमा ३ तल्ले वडा कार्यालय भवन निर्माण प्रकृया सुरु गरिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनु भयो ।
भवनको पहिलो तल्ला नगरपालिकाले शाखा\महाशाखा सञ्चालनको लागी प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । दोस्रो तल्लामा वडाको प्रशासनिक कार्यलय र तेस्रो तल्लामा ७०-८० जना सम्म भेला गर्न मिल्ने ‘कम्युनिटि हल’ हुने खड्का बताउँनुहुन्छ ।
करिव १० आना क्षेत्रफलमा निर्माण हुन लागेको भवनमा पौराणिक सम्पदालाई जगेर्णा गर्ने खाल्का सुविधा सम्पन्न र अपाङ्ग मैत्री संरचनाहरुको डिजाईन भएको छ ।
निर्माण प्रकृया अन्तर्गत आर्थिक वर्ष २०७७-७८ को चौत महिनामा नागार्जुन शर्वसक्ती जे.भी संग भवन निर्माणका लागी २ करोड २ लाख ३ हजार २ सय ८७ रुपैया १४ पैसामा सम्झौता भएको थियो ।
जिल्ला समन्वय समिति काठमाडौंको मौजात कोष बाट नगरपालिका संगको लागत साझेदारीमा सुरु भएको योजनाको कुल लागत मध्य नगरपालिकाबाट ४० प्रतिशत र जिल्ला विकास समन्वय समितिबाट ६० प्रतिशत बजेट विनियोजन भएको छ । ठेकेदार कम्पनिले निर्माण कार्य आर्थिक वर्ष २०७८-७९ को माघ महिना सम्म सम्पन्न गर्ने प्रतिवद्दता नगरपालिकालाई दिएको छ ।
सुभारम्भ कार्यक्रममा उपस्थित नगरप्रमुख उद्धव प्रसाद खरेलले वडाको प्रशासनिक कार्यहरु सञ्चालन गर्दा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न समस्या भइरहेका बेला नगरपालिकाले वडा कार्यालय भवन निर्माणको कार्यलाई प्राथमिकता दिँदै आएको क्रममा वडा नं ०२ को भवन संरचना पुरानो भईसकेको र यसको पुनः निर्माण गर्न आवश्यक परेकोले यस कार्यलाई अघि बढाईएको बताउँनु भयो ।
ईतिहासलाई सम्रण गर्दै उहाँले कार्यक्रममा उक्त भवन २०२६ सालको चपलि गाँउ पञ्चायतको अगुवाईमा गाँउलेको श्रमदान कच्चा भवन निर्माण भएको सम्झना व्यक्त गर्नु भएको थियो । त्यतिबेलाका प्रधानपञ्च केदार प्रसाद लामिछाने र भवनको लागी केहि भाग जग्गादान गर्ने दलबहादुर खड्का र तुलसि नारायण नकर्मिलाई याद गर्दै उहाँहरुको योगदान प्रति नगरवासी निकै आभारी भएको बताउँनुभयो।
२०२६ साल पश्चात २०५१ सालमा आफु स्वयं गा.वि.स. अध्यक्ष हुदाँ आएको “आफ्नो गाँउ आफै बनाउँ” अभियान अन्तर्गत २ लाख बजेटबाट ३ कोठे भवन र संगै ५० जना अटाउने सभाहल निर्माण गरी गा.वि.स. लगायत विभिन्न निकायहरुको मातहातमा सोहि भवन हाल सम्म प्रयोग हुदैँ आएको यथार्तलाई समेत स्मरण गर्नु भएको थियो ।
नगरपालाकाको १३ वटा वडा मध्य वडा नं ०५, ०६, ०८, ०९, ११ र १२ को आफ्नै प्रशासनिक भवनहरु निर्माण भईसकेका छन् । बाँकि वडा कार्यालयहरुको पनी भवन निर्माणको प्रकृयामा रहेको र अबको केहि वर्षमै सबै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन हुने गरी नगरपालिका लागि परिरहेको उहाँले जानकारी दिनु भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको मौजात कोषमा रहेको रकम बाट लागत साझेदारीमा काठमाडौंका सबै नगरपालिकाको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा सहयोग गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको प्रशासकीय भवन निर्माण भईसकेकोले वडा भवन निर्माणमा सहयोग गरेको समिति प्रमुख शिव सुन्दर राज बैद्यले कार्यक्रम मार्फत जानकारी दिनु भएको थियो ।
आज भएको सिलान्यास समारोहमा जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राज बैद्य, उप-प्रमुख सरीता दहाल.. नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, विभिन्न वडाका अध्यक्ष, राजनितिक दलका प्रतिनिधिहरु लगायत स्तानीयको उपस्थिति रहेको थियो ।
तस्विरः निमेश थापा \ बूढानीलकण्ठ न्युज