![](https://budhanilkantha.news/wp-content/uploads/2021/08/BeFunky-collage-2021-08-03T143531.227.jpg)
बूढानीलकण्ठ, श्रावण १९ गते । बूढानीलकण्ठ नगरपालिका कृषि बिकास शाखाको समन्वयमा वडा नं १३ का कृषकहरुलाई निःशुल्क कागतीको विरुवा वितरण हुन लागेको छ ।
यस अन्तर्गत वडा कार्यालयबाट २५० वोट कागतीको विरुवा वितरण कार्यक्रम भएको हुँदा श्रावण २० गते वडा कार्यालय भवनमा आफ्नो पहिचान खुल्ने कागजात सहित विहान ११ बजे उपस्थित हुन वडा कार्यालयले जानकारी दिएको छ ।