बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ रू. २५ करोड ५४ लाख ७४ हजार २ सय १२ राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा नगरपालिकाले रु.२६ करोड २० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकाे थियाे । काेभिड-१९ का कारण वर्षभर पटकपटक निषेधाज्ञा जारी गरिए तापनि नगरपालिकाकाे आ.व. २०७७-७८ मा सङ्कलनको निर्धारित लक्ष्यको ९६.५० प्रतिशत राजश्व संकलन भएकाे राजश्व शाखा प्रमुख अच्युत खड्काले बताएका छन ।
आ.व. २०७७-७८ मा सबैभन्दा बढि रकम (जम्मा रू. ६ करोड ६५ लाख ९४ हजार ४ सय ९) सम्पति करबाट संकलन गरिएकाे छ भने सबैभन्दा बढि राजश्व (जम्मा रू. २ करोड ५० लाख ३८ हजार ८) वडा नं. १० मा संकलन भएकाे छ ।
राजश्व संकलनकाे विवरण
क्षेत्र | रकम |
मालपाेत कर | २,९६४,०४३.४७ |
सम्पति कर | ६६,५९४,४०९.७२ |
बहाल कर | ५३,५६१,७१८.२५ |
व्यवसाय कर | २०,२२७,०२५.९३ |
सिफारीस (केन्द्रकाे हकमा अन्य समेत) | ३७,८३२,१६६.८६ |
नक्सा सम्बन्धि | ६२,४८९,३७३.४९ |
न्यायिक दण्ड जरिवाना | १,९२५,४७५.०८ |
ढुंगा, गिट्टी, बालुवा (दहत्तर बहत्तर शुल्क) | १,८८०,०००.०० |
कुल जम्मा | २५५,४७४,२१२.८० |