बूढानीलकण्ठ, श्रावण १४ गते । बूढानीलकण्ठ नगरपालिकाले करदाताहरूलाइ गत वर्ष र यस आर्थिक वर्षकाे करमा २० प्रतिशत सम्म छुट दिने भएकाे छ । 

आ.व. २०७७/०७८ काे सम्पत्ति कर, मालपाेत तथा भूमी करव्यवसाय कर पहिलाे चाैमासिक (कार्तिक मसान्त सम्म) बूझाएमा १५ % छुट दिइने छ । 

यस नगरभित्र दर्ता स्वीकृत लिइ सञ्चालन भएका मन्टेश्वरी र आधारभूत तथा माध्यमिक विद्यालयहरूकाे हकमा आ.व.  २०७७/०७८ काे घरबहाल करमा ५% छुट र आ.व. २०७८/०७९ काे कार्तिक मसान्त सम्म जरिवाना र विलम्ब शुल्क नलिने व्यवस्था गरिएकाे छ ।

यसै गरी, आ.व. २०७८/०७९ काे बहाल करकाे हकमा पहिलाे चाैमासिक भित्रकाे कर अथवा वार्षिक कर एकमुष्ठ भुक्तानी गरेमा २० % छुट दिने व्यवस्था गरिएकाे छ । 

काेभिड-१९ का कारण नगरपालिकाकाे करदाताहरूलाइ परेकाे प्रभावका कारणले नगरपालिकाले कर छुट गर्ने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय