बूढानीलकण्ठ, श्रावण १४ गते । बूढानीलकण्ठ नगरपालिकामा हाल सम्म कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिको संख्या ४१,९८४ जना पुगेको छ ।

गत बर्ष माघ महिनाबाट देशभर सुरुभएको खोप अभियानबाट हाल सम्म विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोभिसिल्ड (COVISHIELD), चाईनिज भेरोसेल (CHINESE VEROCELL)  र जोन्सन एण्ड जोन्सन (J and J) खोप लगाईएको थियो ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार खोप अभियान अन्तर्गत नगरपालिकामा Covishield पहिलो मात्रा  ५५२० लगाएका छन् भने भेरोसेल  पहिलो र दोस्रो मात्रा लगाउने संख्या १६,५८६ , भेरोसेल पहिलो मात्रा मात्र लगाउने संख्या १२,६७८ र जोन्सन एण्ड जोन्सन खोप लगाउने संख्या ७२०० पुगेको छ ।

नगरपालिकाको कुल जनसंख्या १,५३,३०३ ( नगर पर्श्वचित्र २०७४ अनुसार ) मध्य २७.२७ % जनसंख्यालाई खोप लगाईसकेको छ ।

खोप अभियानलाई थप व्यवस्थित गरी नगरपालिकामा वसोवास गर्ने सम्पुर्णलाई खोप लगाउने व्यवस्थामा नगरपालिका लागि परेको नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिनु भयो ।

खोप अभियान कहिलेबाट सुरु?

नगरपालिकामा वसोवास गर्ने विभिन्न वर्ग, उमेर र समुहलाई लक्षित गर्दै सञ्चालन भईरहेको खोप अभियान पूनःसञ्चालन हुन लागेको छ ।

भेरोसेलको खोपको पछिल्लो पटक सञ्चालन गरिएको खोप अभियानमा छुटेका तथा बाँकि रहेका ४५ वर्ष माथिका नगरवासीहरुका लागि भेरोसेल खोपको पहिलो मात्रा यहि श्रावण १५ र १६ गते लगाईने व्यवस्था मिलाईएको जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय