बूढानीलकण्ठ नगरपालिका भित्रका ४५ वर्ष भन्दा माथिका तथा अन्य वैदेशिक रोजगारीका लागि जाने व्यक्तिहरु लगायतकाहरुलाई कोभिड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ।

कोभिड १९ रोगको नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारद्वारा लक्षित समुह निर्धारण गरि ४५ वर्ष माथिका नागरिक र अन्य तोकिएका लक्षित समुहलाई भेरोसेल खोपको पहिलो मात्रा प्रदान गरिने भएको छ। खोप लगाउनका लागि मिति २०७८ श्रावण १५ गते देखि १६ गते सम्म (दुई दिन) तोकिएको छ।

भेरोसेलको खोपको पछिल्लो पटक सञ्चालन गरिएको खोप अभियानमा छुटेका तथा बाँकि रहेका ४५ वर्ष माथिका नगरवासीहरुका लागि भेरोसेल खोपको पहिलो मात्रा प्रदान गरिने भएको हो।

 

नगरपालिकाभित्रका लागि खोप लगाउने केन्द्रहरु यस प्रकारका रहेका छन्ः

१. चपली भद्रकाली स्वास्थ्य चौकीः वडा नं १ र ३

२. बूढानीलकण्ठ स्वास्थ्य चौकीः वडा नं ३ र ४

३. शहरी स्वास्थ्य केन्द्र, विष्णुमतीः वडा नं ५

४. खड्का भद्रकाली स्वास्थ्य चौकीः वडा नं ६ र ७

५. महांकाल स्वास्थ्य चौकीः वडा नं ८ र ९

६. पाईनियर स्कुल, कपनः वडा नं १० र १२

७. कपन स्वास्थ्य चौकीः वडा नं ११

८. चुनिखेल स्वास्थ्य चौकीः वडा नं १३

 

खोप लगाउने लक्षित समुहः

१. ४५ वर्ष भन्दा माथि उमेर समुहका यस अघि पहिलो मात्रा खोप नलगाएका तथा लगाउन छुटेका र बाँकी रहेका बूढानीलकण्ठ नगरपालिकामा स्थायी तथा अस्थायी रुपमा बसोबास नागरिकहरुका लागि मात्र।

 

खोप लगाउन आउँदा पालना गर्नु पर्ने नियमहरुः

१. खोप लगाउन खोप केन्द्रमा जाँदा अनिवार्य रुपमा आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर जानु पर्ने।

२. खोप लगाउन आउँदा पाखुरा खोल्न मिल्ने गरि सजिला कपडा लगाएर आउनु पर्ने।

३. खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नु पर्ने।

४. निर्धारित समय भन्दा अगाडी बिहानै आएर लाइनमा बस्न नपाइने।

थप जानकारीका लागि सम्बन्धि वडाका जनप्रतिनिधिहरुसँग सम्पर्क गर्नुहोला;

१. सुरेन्द्र लामा (वडा नं १)- ९८५१०३६०११

२. राजेन्द्र खड्का (वडा नं २)- ९८४१३६३५१९

३. बालकृष्ण श्रेष्ठ (वडा नं ३)- ९८४१३३९२१०

४. राजु खड्का (वडा नं ४)- ९८५११९९११६

५. विजय तामाङ्ग (वडा नं ५)- ९८४१४४८७२८

६. नविन के.सी (वडा नं ६)- ९८४१३५२०७१

७. बस नारायण महर्जन (वडा नं ७)- ९८४१४७५२२१

८. सुमान तामाङ्ग (वडा नं ८)- ९८५१०९५०५८

९. सुमित्रा त्रिपाठी पाण्डे (वडा नं ९)- ९८४३८३५६५

१०. नवराज भट्टराई (वडा नं १०)- ९८५१०२३४९८

११. राजु अधिकारी (वडा नं ११)- ९८५१०९४६५१

१२. शम्भु प्रसाद भट्टराई (वडा नं १२)- ९८५१०४३६१५

१३.श्री कृष्ण श्रेष्ठ (वडा नं १३)- ९८५१०४८२९७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय