बुढानीलकण्ठ, श्रावन १३ गते । बुढानीलकण्ठ नगरपालिकामा स्तन र पाठेघर क्यान्सरका सम्भावित लक्षण परिक्षण सम्बन्धि तालिम सञ्चालन भईरहेको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा सञ्चालन भईरहेको तालिममा नगरपालिका भित्र सञ्चालित स्वास्थ्य चौकिका विभिन्न स्वास्थ्यकर्मिहरुलाई महिलाहरुको पाठेघर र स्तन क्यान्सरको लक्षण, जोखिम र सम्भावना परिक्षण गर्ने तरिकाहरुबारे तिन दिन सम्म प्रशिक्षण दिईने छ ।
तिन दिन सम्म हुने यस तालिम गरिमा कँडेल मेमोरिएल ट्रस्टको समन्वय र नेसनल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
यस तालिम अन्तर्गत पाठेघर मूखको क्यान्सर प्रशिक्षण(Visual Inspection with Acetic Acid-VIA) र स्थन क्यान्सरका सम्भावित लक्षणहरुका बारे विज्ञ प्रशिक्षकहरुबाट विस्तृत तालिम सञ्चालन हुने जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनु भयो ।
महिलाहरुमा देखिने क्यान्सर सम्बन्धि लक्षणहरु नगरपलिकाकै स्वास्थ्य चौकिबाट पनि परिक्षण गर्ने उद्धेश्यका साथ स्वास्थ्यकर्मिहरुको अनुरोध अनुसार यस तालिम सञ्चालन गरिएको दहाल बताँउनुहुन्छ ।
आज भएको तालिमको अभिमुखिकरण कार्यक्रममा बूढानीलकण्ठ नगरपलिका उपप्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, सिनियर सर्जिकल अन्कोलोजिस्ट डा. प्रकाश राज न्यौपाने , भक्तपुर क्यान्सर हस्पिटलमा कार्यरत गाईनेकोलोगिस्ट डा. एलिजा श्रेष्ठ, त्रिभुवन विश्वबिद्यालयका सहायक प्रोफेसर डा. गम्भिर श्रेष्ठ, सुमेरु हस्पिटलबाट डा. कृष्ण प्रदनङ्ग, काठमाडौ क्यान्सर हस्पिटल कार्यकारी निर्देशक किसोर कुमार प्रदनङ्ग लगायत स्वास्थ्यकर्मिहरुको उपस्थिति थियो ।