बूढानीलकण्ठ नगरपालिकाले चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि नाम दर्ता गरि टोकन लिनुपर्ने अनिवार्य गरेको छ। याे खाेप ४५ वर्ष देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ लगाइने छ। वडा स्तरमा वितरण हुने भनिएको खोप अभियान अन्तरगत नगरवासीहरुले आफ्नाे वडा कार्यालयद्वारा तोकिएकाे स्थान, मिति तथा समयमा उपस्थित भइ नाम दर्ता गर्नुपर्ने छ । 

बूढानीलकण्ठ नगरपालिका वडा नं १,२ र ५ द्वारा प्रकाशित सूचना अनुसार वडा भित्र बसाेबास गर्ने व्यक्तिहरुले नाम दर्ता गर्नका लागि आफ्नो उमेर खुल्ने कागजात, नागरिकता तथा अन्य कागजातहरु साथ लग्नु पर्ने छ। 

वडा नं १ः

मितिः २०७८ श्रावण ११ र १२ गते 

समयः बिहान १० देखि ३ बजेसम्म

स्थानः वडा नं १ कार्यालय 

वडा नं २ 

मितिः २०७८ श्रावण ११ र १२ गते

समयः १० देखि ३ बजेसम्म

स्थानः वडा २ कार्यालय (रुद्रेश्वर मन्दिर नजिक चपली चुनिखेल जाने बाटो, पिपल बोट)

वडा नं ५

मितिः २०७८ श्रावण ११ गते सोमबार

स्थानः विष्णुमति शहरी स्वास्थ्य केन्द्र वडा नं ५ 

समयः बिहान ११ देखि ३ बजेसम्म

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय