बूढानीलकण्ठ , श्रावण १० गते । बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाले नगरपलिकाका १३ वटै वडामा खोप केन्द्र सञ्चालन गरी खोप सेवा दिने तयारी गरेको छ ।
हाल सम्म दुई वटा मात्र खोप केन्द्रबाट खोप अभियान सञ्चालन भईरहेको हुदाँ व्यवस्थापनमा देखिएका समस्याका कारण नगरवासीहरुको सहजता र सुविधाको लागी सबै वडाका स्वास्थ्य चौकिहरुमा केन्द्र सञ्चालन गर्न लागिएको महाशाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनुभयो ।
“अभियान अन्तर्गत उमेर तथा समुह तोकिएतापनी खोप केन्द्रहरुमा लक्षित व्यक्तिबाहेकका मानिसहरुको उपस्थितिले केन्द्रमा भिड हुने र केन्द्रहरुको व्यवस्थापनमा असर पर्ने भएकोले यसको उचित व्यवस्थापनको लागी वडा-वडामा केन्द्र सञ्चालन गर्ने तयारीमा महाशाखा लागेको हो”, दहाल बताउँनुहुन्छ ।
महाशाखाको तयारी अनुसार श्रावण १२ गते देखि ४५-४९ उमेर समुहलाई चाईनिज भेरोसेल (पहिलो मात्रा) खोप अभियान सञ्चालन हुन लागेको छ ।
यसको लागी सबै वडाबाट लक्षित उमेर समुहका मानिसहरुको संख्या र विवरण अनुसार स्वास्थ्य मन्त्रालय संग खोप माग गरिने डां अंकित पौडेलले जानकारी दुनु भयो ।
थप जानकारी आधिकारीक सुचना मार्फत प्रकाशन गर्ने महाशाखाले जनाएको छ ।