बुढानीलकण्ठ, श्रावण ०७ गते । बूढानीलकण्ठ नगरपालिकामा श्रावण ०४ गतेबाट सुरु भएको काेभिड विरूद्धको जाेन्सन एण्ड जाेन्सन खाेप अभियान अन्तर्गत ४ दिनमा ७२०० (३७०२ महिला र ३४९६ पुरुष) ले खोप लगाएका छन् ।
नगरपालिकाको श्री गणेश मा.वि. – बू.न.पा. ०२, गणेश चाेक र श्री बालउद्धार मा.वि. , कपनबेख वडा नं. १० को दुई खोप केन्द्रबाट ४ दिन सञ्चालन भएको अभियानबाट ५०-५४ बर्षका १२१६ जना, १८ वर्ष भन्दा माथि ४६०८ जना , शारीरिक रूपमा अशक्त व्यक्तिहरु १०५ जना , स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारीहरु १९६ जना , वैदेशिक यात्रा गर्ने ८१२ जना र शरणार्थीहरु २६२ जनाले खोप लगाएको जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
काेभिड विरूद्धकाे खाेप अभियान अन्तर्गत श्रावण ४ गते देखि श्रावण ६ गते सम्म (३ दिनका लागि) सञ्चालन हुने भनिएता पनि जनस्वास्थ्य महाशाखाले खोप लगाउने दिन थप गरी श्रावण ०७ गते सम्म सञ्चालन गरेको थियो ।
यस अभियानमा ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू, हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू, बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू तथा यस अघि खाेप नलाएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले याे खाेप लगाउने व्यवस्ता मिलाईएको थियो ।