बूढानीलकण्ठ, श्रावण ०६ गते ।
बूढानीलकण्ठ नगरपालिकाको मिति २०७८/०४/०३ गते प्रकाशित सुचना अनुसार श्री बालउद्वार मा.वि., कपन र गणेश मा.वि., गणेश चोकमा मिति २०७८/०४/०४ गते देखि २०७८/०४/०६ गतेसम्म कोभिड १९ विरुद्वको जोन्सन एण्ड जोन्सन ( Janssen ) खोप प्रदान गरीएकोमा खोपको उपलब्धता तथा लक्षित जनसंख्यालाई मध्यनजर गर्दै २०७८/०४/०७ गते ( १ दिन ) विहान १०:०० बजे देखि वेलुका ४:०० बजे सम्म यस अघि संचालन भईरहेका साविक खोप केन्द्रबाट खोप सेवा लिनुहुन सम्पूर्ण नगरवासीहरुलाई स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।