बूढानीलकण्ठ नगरपालिका सहकारी शाखाले नगरपालिका कार्यक्षेत्र भएका सम्पुर्ण सहकारी संस्थाहरुलाई पौष मसान्त भित्र साधारण सभा सम्पन्न गराई विवरण बुझाउँन अनुरोध गरेको छ ।

नगर सहकारी ऐन २०७५ दफा ५२ बमोजिम साधारण सभाको निर्णय तथा लेखापरीक्षण प्रतिवेदन साधारण सभा सम्पन्न भएको मितिले १५ दिन भित्र यस नगरपालिकामा बुझाउनुपर्ने व्यवस्था छ ।

यस बमोजिम आ.व. २०७७/७८ को चौमासिक र वार्षिक विवरण नगरपालिका सहकारी शाखामा समन्वय गरी बूझाईदिनु हुन सहकारी शाखा प्रमुख गिता ठगुन्नाले आव्हान गर्नु भएको हो ।

थप जानकारीको लागी नगरपालिका सहकारी शाखामा सम्पर्क गर्नुहुन शाखा प्रमुख ठगुन्नाले अनुरोध गर्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय