बुढानीलकण्ठ, श्रावण ०४ गते । बूढानीलकण्ठ नगरपालिकामा आज देखि जाेन्सन एण्ड जाेन्सन खाेप लगाउन सुरु गरिएको छ । नगरपालिकाको श्री गणेश मा.वि. – बू.न.पा. ०२, गणेश चाेक र श्री बालउद्धार मा.वि. , कपनबेख वडा नं. १० को दुई खोप केन्द्रबाट सञ्चालन भएको खोप अभियानको पहिलो दिन १०८४ (५४८ महिला र पुरुष ५३७) जनाले खोप लगाएका छन् ।
आज मात्र ५०-५४ वर्षका ७४७ जना , शारीरिक रूपमा अशक्त व्यक्तिहरु ३० जना , स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारीहरु ११९ , वैदेशिक यात्रा गर्ने ४५ जना र शरणार्थीहरु १४४ जनाले खोप लगाएको महाशाखाको विवरणमा उल्लेख गरिएको छ ।
काेभिड विरूद्धकाे खाेप अभियान अन्तर्गत याे खाेप श्रावण ४ गते देखि श्रावण ६ गते (सम्म ३ दिनका लागि) ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाईदै छ ।
यसका साथै, पूर्ण अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू, हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू, बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू तथा यस अघि खाेप नलाएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले याे खाेप लगाउन सक्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
लक्षित समूहहरूकाे सहजताका लागि हरेक दिन छुट्टा छुट्टै उमेर समूहका व्यक्तिहरूलाइ खाेप लगाइने व्यवस्था मिलाईएको छ । खाेप विहान ११ बजे देखि ४ बजे सम्म सञ्चालन भईरहेको छ ।
श्रावण ४ गते | ५० देखि ५१ वर्ष उमेर समूहका व्यक्तिहरू
पूर्ण अति अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू |
श्रावण ५ गते | ५२ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू
पूर्ण अति अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू |
श्रावण ६ गते | यस अघि छुट भएका ५० देखि ५४ वर्ष उमेर समूहका खाेप नलगाएका व्यक्तिहरू
यस अघि खाेप नलाएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू यस अघि खाेप नलाएका बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू |
खाेप केन्द्रहरूः
१. श्री गणेश मा.वि. – बू.न.पा. गणेश चाेक, वडा नं. ०२
२. श्री बालउद्धार मा.वि. – बू.न.पा. कपनबेख वडा नं. १०
खाेप लगाउन आउँदा अनिवार्य रूपमा ल्याउनु पर्ने कागजातः
उमेर खुल्ने परिचय पत्र
अपांगकाे हकमा अपांगताकाे परिचय पत्र
विदेश जानेकाे हकमा भिसा लागेकाे कागज