
श्रावण ४ गते देखि श्रावण ६ गते सम्म जाेन्सन एण्ड जाेन्सन खाेप लगाइने छ । काेभिड विरूद्धकाे खाेप अभियान अन्तर्गत याे खाेप ३ दिनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ लगाइने छ ।
यसका साथै, पूर्ण अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू, हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू, बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू तथा यस अघि खाेप नलाएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले याे खाेप लगाउन सक्नेछन ।
लक्षित समूहहरूकाे सहजताका लागि हरेक दिन छुट्टा छुट्टै उमेर समूहका व्यक्तिहरूलाइ खाेप लगाइने छ । खाेप लगाउने समय विहान ११ बजे देखि ४ बजे सम्म रहेकाे छ ।
श्रावण ४ गते | ५० देखि ५१ वर्ष उमेर समूहका व्यक्तिहरू
पूर्ण अति अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू |
श्रावण ५ गते | ५२ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू
पूर्ण अति अशक्त अपाङ्गता भएका (क र ख वर्गका) नागरिकहरू हाल नेपालमा बसाेबास गरिरहेका शरणार्थीहरू बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू |
श्रावण ६ गते | यस अघि छुट भएका ५० देखि ५४ वर्ष उमेर समूहका खाेप नलगाएका व्यक्तिहरू
यस अघि खाेप नलाएका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू यस अघि खाेप नलाएका बैदेशिक राेजगार र अध्ययन तथा भ्रमणकाे सिलसिलामा भिसा लागेका व्यक्तिहरू |
खाेप केन्द्रहरूः
१. श्री गणेश मा.वि. – बू.न.पा. गणेश चाेक, वडा नं. ०२
२. श्री बालउद्धार मा.वि. – बू.न.पा. कपनबेख वडा नं. १०
खाेप लगाउन आउँदा अनिवार्य रूपमा ल्याउनु पर्ने कागजातः
उमेर खुल्ने परिचय पत्र
अपांगकाे हकमा अपांगताकाे परिचय पत्र
विदेश जानेकाे हकमा भिसा लागेकाे कागज