बूढानीलकण्ठ, असार ३१ गते ।  बूढानीलकण्ठ नगरपालिका वडा नं ०५ को नवनिर्मित वडा कार्यालय भवन र भवन संगै रहेको विष्णुपादुका शिवालय तिर्थ धामको उद्घाटन भएको छ ।

बागमती प्रदेश सभाका सदस्य तथा प्रमुख सचेतक दिपक निरौलाको प्रमुख आतिथ्य तथा नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलद्वारा उक्त भवनको समुद्घाटन सम्पन्न गरिएको हो ।

विष्णुमती शिवालय उपभोक्ता समितिद्वारा निर्मित उक्त विष्णुपादुका शिवालय तिर्थ धाम निर्माणका लागि मानननीय निरौलाद्वारा प्रदेश सरकारका तर्फबाट ४८ लाख ५ हजार ५ सय २३ रुपैयाँ र बूढानीलकण्ठ नगरपालिकाबाट दुई पटक गरि ७ लाख र ५ लाख रकम विनियोजित भएको वडा अध्यक्ष विजय तामाङले जानकारी दिनु भयो ।

उक्त धामका लागि वडा वासी तथा पितृको सम्झनामा दाताहरुबाट  विभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोग भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय