बूढानीलकण्ठ, असार ३१ गते ।

बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले विपदका कारण क्षति भएका कृषि फर्महरुअनुगमन गरी यसको उचित व्यवस्थापनमा लागी परेको छ ।

वडा नं ०८ मा असार २९ गतेको भारी वर्षाका कारण बाँध फुटेर बालि-नालि र तरकारी खेतिमा ठुलो क्षति हुन पुगेको खबर पाउनासाथ कृषि विकास शाखाको टोलि निरिक्षणमा निस्केको थियो ।

शाखा प्रमुख लक्ष्मि घर्तिका अनुसार तल्लो भंगालका ८ ओटा कृषि फर्महरु पूर्ण रुपमा क्षतीग्रस्त भएको र त्याहाँका धान खेत, तरकारी, कुखुरा फर्म, टर्कि, माछा पालनमा पनि असर पुग्न गएको छ ।

“कृषकहरु संगको सल्लाह र कृषि प्रावधिकहरुको परामर्श अनुसार यसको तत्काल व्यवस्थापनको लागी हामिले जस्ता, बाँस, माटो भर्ने बोरा वितरण गरी अस्थायी बाँध बनाउन सुरु गरिसकेका छौ” उहाँले जानकारी दिनु भयो ।

नगर प्रमुख उद्दव प्रसाद खरेलको पनि यस विषयमा ध्यानाकर्षण भएको पाईन्छ । उहाँले यसको दिर्घकालिन व्यवस्थापनको लागी सम्बन्धित निकाय संग छलफल भईरहेको र पूर्ण रुपमा क्षतिभएका फर्महरुलाई राहत वितरण गर्ने उचित योजनाको लागी नगरपालिका लागि परिरहेको बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय