बूढानीलकण्ठ, असार ३० गते । बूढानीलकण्ठ नगरपालिकामा आजबाट खोप अभियान सुरु भएको छ ।

नगरपालिकाको वडा नं ०३ चपली घुम्ती स्थित बूढानीलकण्ठ स्वास्थ्य चौकी  र वडा नं १३ चुनीखेल, घट्टचोक स्थित करुणा अस्पतालमा  बिहान १० बजे देखि बेलुका ४ बजे सम्म चाईनिज भेरोसेल पहिलो मात्रा लगाईदैँ छ ।

लक्षित उमेर तथा समुहलाई आफूलाई पायक पर्ने खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी खोप लगाउन जानुहुन नगरपालिकाले आव्हान गरेको छ ।

खोप अभियान असार ३०, ३१ र श्रवण १ गते बिहान १०:०० बजे देखि बेलुका ४:०० बजेसम्म संचालन हुने छ ।

खोप लगाउने उमेर\समूहः

• ५५ बर्ष माथिका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु (परिचय पत्र अनिवार्य)

• विश्वविद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक र कर्मचारीहरु (परिचय पत्र अनिवार्य)

• सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु (परिचय पत्र अनिवार्य)

• नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु (परिचय पत्र अनिवार्य)

• खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरु (परिचय पत्र\ भिसा\ टिकट अनिवार्य)

थप जानकारीको लागिः

सम्पर्क स्वास्थ्यकर्मीहरु

सम्झना कुँबर (नर्सिङ निरीक्षक): ९८४१३८७३५२ (करुणा अस्पताल, घट्टगाउँ, चुनिखेल वडा नं १३)

चेतराज पण्डित (हेल्थ अधिकृत):  ९८४१७८२९४७ (बूढानीलकण्ठ स्वास्थ्य चौकी, चपलि घुम्ती, वडा नं.०३)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय