बूढानीलकण्ठ नगरपालिका वडा नं. ०९ मण्डिखटार स्थित क्रियापुत्री भवनकाे आवश्यक मर्मत गरी प्रयाेगमा ल्याइएकाे छ । हाल भवनमा ३ वटा बाथरूम जडित काेठाहरू, २ वटा हलहरू, केहि शाैचालयहरू र वरीपरी खाली जग्गा रहेकाे छ । 

याे भवन करिब १ दशक अघि स्थानियहरूकाे पहलमा सार्वजनिक जग्गामा बनाइएकाे हाे । तर, आधारभूत पूर्वाधारहरूकाे अभावका कारण प्रयाेग विहिन भइरहेकाे अवस्था थियाे । विगत २ वर्ष देखि नगरपालिका र वडा कार्यालयकाे सहयाेगमा क्रियापुत्री भवन र साे वरीपरी विकास निर्माणकाे कार्य तथा सार्वजनिक जग्गा संरक्षण कार्य भइरहेकाे छ । 

यसै आ.व. २०७७/०७८ मा क्रियापुत्री भवनकाे विकास, मर्मत र संरक्षणका लागि नगरपालिकाले लगानी पनि गरेकाे छ । हालै मात्र भिरको कारण विपद जोखिममा रहेको भवन पछाडि वाल लगाउने कार्य सम्पन्न भएको छ ।

उक्त वाल २७ लाख ४४ हजार ४ सय ४४ रुपैँयामा आर्थिक बर्ष २०७७\७८ असारमा सम्पन्न गरेको उपभोक्ता समितिले तयार गरेको समिति अध्यक्ष नृपेन्द्र थापाले जानकारी दिनु भयो । जस मध्य नगरपालिकाको विनियोजित रकम २४ लाख र बाँकि रकम उपपोक्ताबाट बेहोर्ने गरी सम्झौता भएको उँहा बताउँनुहुन्छ ।

कृयापुत्रि भवन वरपर थप मर्मत तथा विपद व्यवस्थापनकाे कार्य अझै बाँकी रहेकाे र यसको लागी वडा बाट योजहरु बनिरहेको वडा नं. ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय