बूढानीलकण्ठ, असार २५ गते । बूढानीलकण्ठ नगरपालिकामा असार २२ देखि २४ सम्म सञ्चालित भेरोसेलको दोस्रो मात्राको खोप अभियानमा ५,२८३ जनाले खोप लगाएका छन्। कोभिड १९ विरुद्धको चीन सरकारद्वारा प्राप्त खोप भेरोसेलको खोपको दोस्रो मात्रा लगाउनेमा ४०० पुरुष तथा ४२५ जना महिला गरि कुल ८२५ जनाले खोप लगाएको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

नगरपालिकाबाट दैनिक प्राप्त प्रतिवेदन अनुसार असार २२ गते २४७७, २३ गते १,९४९ जना र अन्तिम दिन असार २४ गते ८२५ जनाले खोप लगाएको जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिनुभयो। उक्त अभियान अन्तर्गत पछिल्लो पटक छुटेका व्यक्तिहरु २,५१० र ६० देखि ६४ उमेर समुहका २,७७३ जनाले खोप लगाएका छन् ।

दोस्रो मात्राको खोप नगरपालिकाको वडा नं १३ चुनिखेल स्थित करुणा अस्पताल र वडा नं ०३ स्थित घुम्ति स्वास्थ्य चौकीमा लगाईएको थियो । उक्त अभियानमा दैनिक नगरपालिकाका ३० जना स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय