बूढानीलकण्ठ नगरपालिकामा संघिय सरकारबाट हस्तान्तरण भएका दश सहकारी संस्थाहरु अहिलेको मिती सम्म नगरपालिका सहकारी शाखाको सम्पर्कमा नआएको  नगरपालिका सहकारी शाखा प्रमुख गिता ठगुनाले जानकारी दिनु भएको छ।

समाजिक तथा आर्थिक बिकासमा योगदान पुर्याउने उद्देश्य बोकेको नगरपालिकामा दर्ता भएका ४८ सहकारीहरु मध्य १० वटा सहकारीहरु सम्पर्कमा नहुँदा आर्थिक कारोवार गरिरहेका ग्राहकहरु समस्या अथवा ठगिमा पर्ने प्रवल सम्भावना भएको अनुमान गरेको छ। त्यसैले यदी कोही सेवाग्राहिहरु निम्न उल्लेखित सहकारी संस्थाहरु संग कारोवार गरीरहेको छन् अथवा सेयर सदस्य छन् भने  नगरपालिकामा सम्पर्क गर्नुहुन सहकारी शाखाले अनुरोध गरेको छ।

सम्पर्क बिहिन सहकारी संस्थाहरुको नामः-

१. तौलुङ शिवपुरी बचत तथा ऋण सहकारी संस्था ली. , बू.न.पा. -०३
२. चक्रबिन्दु बहुउद्देशिय सहकारी संस्था ली. , बू.न.पा. -०६
३. सामुहिक प्रगतिशिल उपभोक्ता सहकारी संस्था ली. , बू.न.पा. -०७
४. हाम्रो सहयात्रि बचत तथा ऋण सहकारी संस्था ली. , बू.न.पा. -१०
५. नौलिन कृषि सहकारी संस्था ली. , बू.न.पा. -१३
६. चपली भद्रकाली कृषि सहकारी संस्था ली. , बू.न.पा. -०४
७. विपस्वि कृषि सहकारी संस्था ली. , बू.न.पा. -१२
८. वृष्टि बचत तथा ऋण सहकारी संस्था ली. , बू.न.पा. -०४
९. टुपेक कृषि बचत तथा ऋण सहकारी संस्था ली. , बू.न.पा. -१३

१०.सम्भावना कृषि सहकारी संस्था ली. , बू.न.पा.- १२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय