बूढानीलकण्ठ नगरपालिका अहिले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र यसको संरक्षण गर्ने अभियानमा लागि परेको छ । सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षणको लागि सरकारको कार्यविभाजन नियमावलीले भूमि व्यवस्था मन्त्रालय र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई दिएको मार्गदर्शनलाई पालना गर्दै नगरपलिकाले अतिक्रमित र अव्यवस्थित क्षेत्रहरु संरक्षण गर्दै आएको उदाहरणिय कार्यहरु प्रसस्त छन् ।
मार्गदर्शन बमोजिम विभिन्न वडाका सार्वजनिक क्षेत्रहरुमा तारबार या पर्खालले घेर्ने, भौतिक संरचनाहरु जस्तै पार्क, ज्येष्ठ नागरिक हल अथवा समुदायस्तरले आवश्यक्ता अनुसार प्रयोग गर्न मिल्ने गरी सामुदायिक भवन, मरन पाटि, क्लब, व्यायाम स्थल आदी निर्माण भएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ०६ ले पनि पार्क, खानेपानी ट्याङ्कि, खेलकुद मैदान निर्माण गर्दै सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा दृढ्ताका लागी परेको पाईन्छ । हालै ओखल गाँऊ स्थित १७ रोपनि क्षेत्रफलमा रहेको अव्यवस्थित सार्वजिक जग्गामा तारबार लगाई उक्त क्षेत्रमा फलफुल खेति गर्ने नमुना कार्यको सुरुवात गरेको छ ।
वडा नं ०६ को ओखल गाँउ स्थित दशकौ देखि अव्यवस्थित अवस्थामा रहेको पाखामा फलफुलका विरुवाहरू रोपि यसलाई नगरपालिकाको बागवानि क्षेत्र बनाउने संकल्पका साथ वडा नं ०६ लागी परेको वडा अध्यक्ष नविन के.सीले जानकारी दिनु भयो ।
“पाखामा झाँडि, काँडेदार वुट्यान र घाँसहरुले गर्दा उक्त क्षेत्रको स्वरुप बिगारेको र सुरक्षाको हिसाबले पनी वरपरका वस्तिमा असर पर्न गएकोले यसको व्यवस्थापन गरी फलफुल उत्पादन गर्न ‘ओखलगाँऊ सामुहिक फलफुल खेति’ योजनाको थालनी गरेका हौँ” उहाँ बताँउनुहुन्छ ।
दाँते ओखर, एभोगाडो, जापनिज नासपति, लिचि, कटुस, सुन्तला जस्ता विभिन्न किसिमका ५ सय भन्दा बढि फलफुलको विरुवाहरु रोपी यस क्षेत्रमा असार देखी फलफुल खेतिको सुरुवात भएको हो ।
बूढानीलकण्ठ नगरपलिकामा बागवानी क्षेत्रको प्रवर्धन गर्न महत्वपुर्ण भूमिका खेल्ने यस योजना आर्थिक बर्ष २०७७\७८ मा बागमति प्रदेश सरकारको बिनियोजित बजेट २८ लाख ७९ हजार ७ सय २५ रुपैयाँमा ‘ओखलगाँऊ सामुहिक फलफुल खेति समुह’ले जिम्मा लिएको थियो ।
जस मध्य नगरपालिकाबाट २४ लाख २७ हजार पाँच सय व्यहोर्नु पर्ने र बाँकि रकम जन श्रमदानबाट प्रयोग हुने गरी योजना सम्झौता भएको उपभोक्ता समिति अध्यक्ष राजिव भण्डारीले जानकारी दिनु भयो । यस योजना अन्तर्गत हामिले जालि कम्पाउण्ड घेर्ने, ढुङ्गाको पर्खाल लगाउने, खेतिको रेखदेख गर्न टहरा बजाउने काम र फलफुलका विरुवाहरु रोपिसकेको उहाँ बताउँनुहुन्छ ।
यस खेतिलाई अझ व्यवस्थित गर्दै यहाँको उत्पादनलाई व्यवसायिक तरिकाले लैजाने र त्याहाँबाट आएको आमदानीलाई समाजिक कार्यहरुमा प्रयोग गर्ने योजना रहेको वडा सदस्य नानु खड्काले जानकारी दिनु भयो ।
यस फलफुल खेतिलाई अघि बढाउन र प्रदेस सरकारमा योजना पहलको लागि मुख्य भुमिका खेल्नु भएका बागमती प्रदेश प्रमुख सचेतक माननिय दिपक निरौलाले विरुवा रोपि उत्घाटन गर्नु भएको थियो । उहाँले यस खेतिलाई नगरपालिका लगायत काठमाडौं उपत्यकाकै नमुना कार्यको दर्जा दिनु भएको थियो ।
नगर प्रमुख उद्दव प्रसाद खरेलले विरुवाहरुको संरक्षणमा कमि कमजोरी हुन नदिन उपभोक्ता समितिलाई आग्रह गर्दै यहाँको उत्पादन अनुसार भविष्यमा यसलाई नगरपालिकाको बागवानी क्षेत्र घोषणा गर्न मिल्ने गरी व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ ।