ताैलुङ्गमा खानेपानी ट्याङ्की निर्माण कार्य असार २३ गते सम्पन्न भएकाे छ । २०७७ साल वैशाख १९ गते प्रधानमन्त्री सल्लाहकार डा. राजन भट्टराइकाे प्रमुख आतिथ्यमा शिल्यानास गरि यस ट्याङ्कीकाे निर्माण कार्य सुरू गरिएकाे थियाे । नगरपालिका, वडा कार्यालय र स्थानियहरूकाे एकिकृत प्रयासमा ताैलुङ्ग उपभाेक्ता समितिद्वारा साे ट्याङ्की निर्माण गरिएकाे हाे ।
खानेपानी उपभाेक्ता समिति र वडा नं. ०१ काे पहलमा आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकारकाे याेजना अन्तर्गत यस कार्यका लागि ३० लाख रूपैया विनियाेजित गरिएकाे भएतापनी ट्याङ्की निर्माणमा मात्रै हालसम्म ४९ लाख भन्दा बढि रकम लगानी भइसकेकाे छ । त्यसैगरि, बाउन्ड्रि वाल र रंगराेगनकाे काम सक्काइ पाइपलाइनलाइ व्यवस्थित गर्ने याेजना रहेकाे छ ।
ताैलुङ्गकाे पुरानाे बस्तीमा २५० देखि ३०० घर धुरीलाइ पुग्ने पानी वितरण गर्ने लक्ष्य रहेकाे यस ट्याङ्कीमा साढेँ २ लाख लिटर पानी अटाउने क्षमता रहेकाे छ ।
वडा नं. ०१ काे अर्काे भाग अर्थात साविक चपली भद्रकाली वडा नं. १ र २, सिमली देखि पंचकन्या टाेलसम्म काठमाडौ उपत्यका खानेपानी लिमिटेड (KUKL) बाट खानेपानी वितरण भइरहेकाे छ । त्यहाँबाट हाल पर्याप्त पानी उपलब्ध नभएकाे हुँदा वडा नं.०१ भित्र रहेकाे सार्वजनिक जग्गामा डिप बाेरिङ्ग गर्ने याेजना रहेकाे छ । साे डिप बाेरिङ्गकाे लागि उक्त जग्गामा सर्वेक्षण समेत भइसकेकाे छ ।
खानेपानी वितरण कार्यलाइ व्यवस्थित गरी “एक घर एक धारा” अभियान अर्न्तगत वडा नं. ०१ मा पूर्ण रूपमा खानेपानी वितरण गर्ने वडा नं. ०१ अध्यक्ष सुरेन्द्र लामाले प्रतिबद्दता जनाएका छन ।