बूढानीलकण्ठ नगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु भएको पहिलो दिनमै २४७७ जनाले खोप लगाएका छन् । खोप लगाउने मध्य १२७४ जना पुरुष र १२०३ जना महिला रहेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
नगरपालिकामा मंगलबार बिहान १०:०० बजे देखि खोप अभियान सुरु भएको हो । वडा नं ०३ स्थित चपलि घुम्ति स्थित बूढानीलकण्ठ स्वास्थ्य चौकि र वडा नं १३, घट्टगाँउ स्थित करुणा अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइएकाे छ ।